८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

'छ एकान छ' ले बेलायतमा एकै सोमा ५ लाख कमायो

लन्डन– नेपाली चलचित्र 'छ एकान छ' आइतबारदेखि बेलायतमा प्रदर्शनमा आएको छ। आइतबार बेलायतस्थित आसफोर्डमा भएको पहिलो सोमा नै यो फिल्मले ५ लाख रुपैयाँ आम्दानी गरेको छ। 'पहिलो सो हाउसफुल भएपछि हल व्यवस्थापन गर्न हम्मेहम्मे पर्योल, टिकट पुर्याोउन नसकिएकाले धेरै त्यसै फर्किए,' चलचित्र वितरक सन्तोष गुरुङले भने, 'सोचेभन्दा धेरै दर्शक आए।'
पहिलो सोमा जस्तै दर्शक आए भने बेलायतमा मात्र ३० लाखसम्मको व्यापार गर्न सक्ने गुरुङले दाबी गरे । 'पैसा कमाउने उद्देश्यले बेलायतमा चलचित्र ल्याएका होइनौं, तर पनि राम्रो ब्यापार गर्ने सम्भावना देखिएकाले हामी उत्साहित छौं,' गुरुङले भने, 'खर्च कटाएर बचेको रकम सामाजिक कार्यमा लगाउँछौं।' नेपाली चलचित्रलाई विश्वबजारमा चिनाउने उद्देश्यले बेलायतमा ल्याएको उनले दाबी गरे।
'अमेरिका, बेलायतलगायत देशमा हाउसफुल भएको समाचार सुनेर हामी दंग छौं,' निर्माता दिपकराज गिरीले नागरिक न्युजसँग भने, 'भगवानले हामीलाई गरिखाऊ भनेर आर्शिवाद दिनुभएको छ । हामी निकै उत्साहित छौं । पैसाभन्दा पनि ठूलो दर्शकको माया र नाम हो, हामीले नाम र माया कमायौं।' अष्ट्रेलिया, इजरायल, अमेरिका, दक्षिण कोरिया र कतारमा प्रदर्शन अधिकार बिक्री भइसकेको र अन्य देशमा प्रदर्शन गर्न थप सम्झौता हुन लागेको दिपकले जनाए ।
बेलायतमा सक्रिय युवाको संस्था 'मनोरन्जन एक मात्र इन्टरटेन्टमेन्ट'ले बेलायतमा प्रदर्शनीका 'छ एकान छ' लागि ल्याएको हो । चलचित्रलाई लन्डन, फानब्रो, अल्डरसट, रेडिंग, कार्डिफ, योर्ग, स्वीन्डन, नविन्टन, क्याट्रिक, एबर्डिनलगायत सहरमा प्रदर्शन गरिने वितरक गुरुङले जनाए।

प्रकाशित: २८ माघ २०७० ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App