काठमाडौंको महाराजगंजबाट अमेरिका आएका बालबालिकाहरुले नृत्य प्रदर्शन गरी दर्शकलाई मनोरञ्जन गराएका थिए भने दर्शकले उनीहरुको प्रतिभाबाट प्रभावित भइ आर्थिक रकम पनि प्रदान गरेका थिए। यस कार्यक्रमको लागि भर्जिनिया ,पेनसिलभानिया ,वाशिंगटन डिसी र बाल्टिमोरका स्थानीय व्यक्तिहरुको सहभागीता रहेको थियो भने फिल्मका नायक राज बल्लभ कोइरालाले शुभकामना मन्तब्य राख्दै एक कविता पनि बाचन गरेका थिए l
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा तथा अवैतनिक महाबाणिज्य दुत प्रेम राजा महतले शुभकामना मन्तब्य राखेका थिए भने बानाका अधक्ष्य विजय श्रेष्ठले सबैलाई स्वागत गर्दै शुभकामना दिएका थिए l
कार्यक्रममा ओकिली गान मण्डली (ब्याण्ड)का गायक अनिश सापकोटाको सिडी(श्रब्य चक्का) को बिमोचन राजदूत डा राजदूत शंकर प्रसाद शर्माले गरे।उक्त सांगीतिक कार्यक्रमको उद्घोषण द्वय रतन सुबेदी तथा अर्जुन सुबेदीले गरेका थिए l
प्रकाशित: ५ कार्तिक २०७० ०२:३७ मंगलबार





