सन् १९९४ मा वाशिंगटन डिसीमा स्थापना भएको हो। यो संस्थाले जुन राष्ट्रको दूताबासमा कार्यक्रमको आयोजना गरिन्छ त्यही देशको संगीत र कलाकारद्वारा बिदेशी पाहुना तथा आमन्त्रित दर्शकहरुलाई मनोरञ्जन गराउने गर्दछ।
नेपाली राजदूत शंकर प्रसाद शर्माले आगन्तुकलाई स्वागत गर्दै नेपाल सगरमाथा र बुद्धको देश भएको स्मरण गराएका थिए। विश्वका उच्च १० हिमालय मध्ये ८ वटा नेपालमा भएको जानकारी दिँदै उनले नेपाल हिमशिखरहरुको मात्र नभै संस्कृतिको विविधताले भरिएको मुलुक भएको बताए। अमेरिकनहरु औसदमा नेपाल २३ रात बिताउने पर्यटक भएको तथांकले देखाएको राजदूत शर्माले जानकारी दिए।
बिभिन्न देशहरुका सांगीतिक कलाको आदान प्रदानमा उद्देश्य अनुसार यो वर्ष करिब ७० वटा भन्दा बढी दूताबासहरुमा संगीत कार्यक्रमको आयोजना गरिसकेको 'दि एम्बेसी सिरिज'ले जानकारी दियो। कार्यक्रममा गायक प्रेम राजा महत, धेरै बर्ष नेपालमा बसोबास गरि अमेरिका फर्किएकी महिला तारा लिनहार्ट (अमेरिकन लोक संगीत )बोस्टनबाट आएका मनोज महतले सारंगी, बाल्टिमोरका उत्तम श्रेष्ठले गीतार तथा न्युयोर्कका राज कपुरले प्रस्तुति दिएका थिए।
भिडियो
प्रकाशित: २२ आश्विन २०७० ०८:०३ मंगलबार





