६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

चिनियाँ कम्युनिष्ट नेता बो शीलाई जन्मकैदको सजाय

बेइजिङ– चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य बो शिलाई जन्म कैदको सजाय सुनाइएको छ। चीनको जिनान स्थित एक अदालतले उनलाई भ्रष्टाचार, घुसखोरी र सत्ता दुरुपयोगमा दोषी ठहर गर्दै यस्तो साजय सुनाएको हो।यो फैसला सुनारहँदा बो शिलाई अदालतमा नै थिए। यो फैसलाको खबर सोसल मीडियाले बाहिर ल्याइदिएका थिए।

बो शिलाई चोंगकिंग शहरका कम्युनिष्ट पार्टीका सचिवको रुपमा रहेका उनले ल्याएको सामाजिक नीतिको जनताले ब्यापक समर्थन गरेका थिए। दुई वर्ष पहिला उनकी श्रीमती गू काईलाई एक बेलायती ब्यापारी नील हेवुडको हत्यामा दोषी ठहराइएको थियो। यसपछि बोको राजनीतिक जीवनमा ग्रहण लाग्न सुरु गरेको थियो।

फेवरवरी २०१२ नै उनी पार्टी बाट निस्कासित भएका थिए।

प्रकाशित: ५ आश्विन २०७० २३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App