इदको छुट्टिको अवसर पारेर सञ्चालन गरिएको प्रतियोगितामा १२०० भन्दा बढी नेपालीहरुको जमघट रहेका थियो। ३१ टिमले प्रतिस्पर्धा गरेको उक्त खेलमा रियाद लांघाली प्रथम, खालेदिया फार्म द्वितीय र ताकमुल सी टीम तृतीय भएका थिए।
भलिबल प्रतियोगिताबाट बचत हुन आएको साउदी रियल २ हजार १ सय ६५ र गत वर्षको खेल प्रतियोगिताबाट बचत भएको २ हजार २ सय रियल एकमुष्ट रुपममा सगरमाथा समुहका संयोजक विदुर कोइरालाले तत्काल हेल्प नेपाल नेटकर्क साउदी अरबका बर्तमान उपाध्यक्ष तथा भलिबल प्रतियोगिताका संयोजक दिपक रेग्मीलाई हस्तान्तरण गरे। परशुराम मिश्रले व्यक्तिगत रूपमा गरेको सहयोग १३५ साउदी रियाल सहित ४ हजार पाँच सय रियल हेल्पनेपालको कोषमा दाखिला गरिएको छ।
हेल्प नेपाल साउदी च्याप्टरले कल्याणकारी यो अभियानमा सहयोग गर्न सबैलाइ आग्रह गरेको छ। इच्छुक दाताले फोन नम्बर +९६६५०८१०३२११ वा इमेल helpnepksa@gmail.com मा सम्पर्क गर्न सक्ने संस्थाका प्रवक्ता नमराज लामिछानेले बताएका छन्।
प्रकाशित: १२ भाद्र २०७० २०:२८ बुधबार




