९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

माइक्रोम्याक्स मोबाइलका निर्देशक घुस लिँदालिँदै पक्राउ

नयाँ दिल्ली- भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्सका सह-संस्थापक तथा कार्यकारी निर्देशक राजेश अग्रवाल र उनका व्यापारिक साझेदार मनिष तुली घुस लिँदै गर्दा पक्राउ परेका छन्। उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआइ)ले पक्राउ गरेको हो। उत्तरी दिल्लीको वाजिरपुरमा निर्माण गरिने ब्यांकेट हलका लागि एक इन्जिनियरलाई ३० लाख भारु घुस दिँदै गर्दा सिबिआइ अधिकृतले पक्राउ गरेका हुन्।

उनीहरुले ५० लाख भारु मागेकोमा माइक्रोम्याक्सका मालिकहरुले ३० लाख दिइरहेको अवस्थामा सिबिआइले पक्राउ गरेको हो। दिल्ली नगर निगमका २ कर्मचारीलाई पनि सिबिआइले पक्राउ गरेको छ।

माइक्रोम्याक्सले अग्रवाल र तुलीको पक्राउलाई 'निजी मामिला' भनेको छ। माइक्रोम्याक्स भारतको दोस्रो ठूलो स्मार्टफोन निर्माता हो। एन्ड्रोइड अपरेटिङ सिस्टमका मोबाइल उत्पादन गर्ने यो कम्पनीमा अग्रवाल बाहेक अन्य ७ जना लगानीकर्ता छन्।

माइक्रोम्याक्सकै अर्का सहसंस्थापक तथा ब्यापार निर्देशक विकास जैनले यसबारे प्रतिक्रिया दिन अस्विकार गरेका छन्। माइक्रोम्याक्सको वेवासाइटले जनाएअनुसार उक्त कम्पनी संसारकै १२औं ठूलो मोबाइल कमप्नीमा पर्छ। सन् २०१२ मा मात्रै ६ सय २६ मिलियन अमेरिकी डलर कमाएको माइक्रोम्याक्समा २ हजारभन्दा बढी कामदार काम गर्छन्।

प्रकाशित: २४ श्रावण २०७० ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App