भारतसँग रिसाएका कारण नै श्रीलंकाले भारतीय प्रस्ताव बेवास्ता गर्दै पाकिस्तानी सहयोगमा आणविक प्रविधि भित्याउन लागेको अखबारले उल्लेख गरेका छन्। गएको महिना पाक सेनाध्यक्ष जनरल असफाक परवेज कियानी र श्रीलंकाली सेना प्रमुख जगत जयसूर्याबीच भेटवार्ता भएको थियो। अखबारले रुस–श्रीलंकाबीच आणविक प्रविधि विकाससम्बन्धी द्विपक्षीय सम्झौता केही दिनअघि मात्र भएको समेत उल्लेख गरेका छन्। सम्झौताअर्न्तगत रुसले आणविक अनुसन्धानका पाँच प्रमुख क्षेत्रमा श्रीलंकालाई सहयोग गर्नेछ। तीमध्ये श्रीलंकाली वैज्ञानिकलाई रुसमा प्रशिक्षण दिनुबाहेक आणविक फोहोर व्यवस्थापन पनि समावेश छ।
अखबारमा आधिकारिक सुत्र उधृत गर्दै श्रीलंका अहिले पाकिस्तानसँग गैरसामरिक आणविक सम्झौता गर्न तयारी गरिरहेको उल्लेख छ। यसैगरी श्रीलंकाली मिडियाले श्रीलंकाको सीमामा भारतले निर्माण गर्न लागेको कुडनकुलम आणविक भट्टीबाट श्रीलंकामा पर्ने असरबाट सुरक्षाको ग्यारेन्टी दिन नसकेको समेत जनाएका छन्।
प्रकाशित: १ श्रावण २०७० २२:३६ मंगलबार





