११ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

जाम नियन्त्रण गर्न सेना

ढाका, भदौ ३० (एजेन्सी) - बंगलादेशको राजधानीका सडकमा समान्यता संकटकालको बेला मात्रै सैनिक देखिन्छ तर ढाकाको एउटा खण्डमा ट्राफिक जाम समाधान गर्नका लागि मंगलबार सेना परिचालन गरिएको छ। ट्राफिक प्रहरीलाई सहयोगका लागि सैनिक परिचालन गर्ने पहिलो पटक निर्णय अधिकारीहरुले गरेका हुन्। १ करोड २० लाख जनसंख्या भएको ढाकामा जाम नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पर्दछ।
मुसमालनको चाड इद-उल-फित्रका बेला अन्य समयमा भन्दा बढी नै सडकहरु बढी जाम हुने गरेका छन्। इल उल फित्र आइबारदेखि शुरु हुदै छ। त्यसपछि हिन्दुको चाड दुर्गा पूजा शुरु हुन्छ। चाडको बेला मानिस ठूला मलदेखि सडकको पसलसम्ममा किनमेलमा व्यस्त हुन्छन्।
'हामी यसबाट पीडित छौ। प्रधानमन्त्रीको कारगेडसम्म जाममा फस्ने गरेका छन्,' स्थानीय सरकारका मन्त्री शयेद अर्सफुल इस्लामले संसदमा भने।
'ट्राफिक दिनप्रतिदिन विग्रदै गएको छ', एक बरिष्ठ प्रहरी अधिकारीले भने।
'प्रहरीले पागलसरी दौडिने गाडी र ट्राफिक नियम तोड्ने यात्रीलाई नियन्त्रण गर्न साँचै नै सकेका छैनन्', उनले भने।
२ घण्टाको चर्को जामलाई नियन्त्रण गर्न सेनाका परिचालन अतिरिक्त अधिकारीहरुले विद्यालय, कार्यालय र बैंकहरुको सञ्चालन गर्ने समय पनि फरक पारेका छन्।
ढाकामा प्रत्येक दिन औसतमा ५० हजार कार र ३ हजार बस दौडिन्छन। त्यसको अतिरिक्त करिब दश लाख रिक्सा सञ्चालन छन्। अधिकारीहरुले जामको कारण वार्षिक रुपमा २ अर्ब १८ करोड अमेरिकी डलर गुमाएको बताउछन्।

प्रकाशित: ३० भाद्र २०६६ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App