coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको माग

 नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको व्यवस्था गर्न माग गरिएको छ। नेपाल पत्रकार महासंघ यूरोप शाखाको शनिबार सम्पन्न चौथो अधिवेशन पछि  जारी घोषणापत्रमा प्रवासमा क्रियाशील रहेका पत्रकारहरुलाई आगामी केन्द्रीय महाअधिवेशनमा सहभागी गराउन  अनलाईन भोटिङ्गको विशेष व्यवस्था गर्न माग गरिएको उल्लेख छ।

७ बुँदे घोषणापत्रमा प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान, सामाजिक सुरक्षाका लागी अक्षयकोष संचालन, युरोप स्तरीय “गुनासो डेस्क” स्थापना, लोककल्याणकारी विज्ञापनवापत, नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित लगायतका विषयमा जोड दिईएको छ।

यसअघि अधिवेशनको उद्धघाटन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले  प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्ध रहेको बताउदै सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन आफू लागिपरेको बताए।

उनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रका लागि आन्दोलन गर्ने दिन अब गएको भन्दै उनले अहिलेको सरकारले प्रेस स्वतन्त्रतामाथि कुण्ठित गर्ने कुरा  सोच्नपनि नसक्ने बताए। उनले नेपालको राजनितिक गतिरोध छिट्टै अन्त्य हुने विश्वास  समेत दिलाए।  

शाखाका अध्यक्ष केजी राईको अध्यक्षतामा जुम प्रविधिमार्फत भएको अधिवेशनमा  नेपाली राजदूतावास बेल्जीयमका राजदूत गेहेन्द्र राजभण्डारी,जर्मनीका नेपाली राजदूत रामकाजि खड्का , डेनमार्कका राजदूत युवनाथ लम्साल,फ्रान्सका राजदूत दिपक अधिकारी,पत्रकार महासघं केन्द्रिय सचिव लक्ष्मी पुन, एनआरएनए केन्द्रिय महासचिव डा. हेमराज शर्मा लगायत यूरोपमा क्रियाशील सामाजिक संघसंस्थाका अगुवाहरुले अधिवेशन सफलताको शुभकामना दिएका थिए।

अधिवेशनको बन्द सत्रले नेपाल पत्रकार महासंघ युरोप शाखाको शाखाको सांगठानिक,आर्थिक प्रतिवेदन पास गरेको छ।  बन्दसत्रको अन्त्यमा केन्द्रीय उपाध्यक्ष दिलीप थापामगर,  महासंघका केन्द्रीय प्रतिनिधि चिरन शर्मा र पर्यवेक्षक नरेश खपांगी लगायतले बोलेका थिए।  

नेपाल पत्रकार महासंघको विधान अनुरुप युरोप शाखाको नयाँ नेतृत्वको लागी आगामी ३० दिन भित्र निर्वाचन सम्पन्न हुने बताएको छ।  

 

 

प्रकाशित: ९ फाल्गुन २०७७ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App