९ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रवास

उत्तराखण्डको बाढीमा आफन्त हराए? गुगल एपबाट खोज्नुहोस्

नयाँ दिल्ली — सर्च इन्जिन साइट गुगलले बाढीग्रस्त उत्तराखण्ड (भारत) क्षेत्रको सूचना दिन 'म्याप'  र हराइरहेकाहरुको सूचना संकलन गर्न 'पर्सन फाइन्डर' एप्लिकेशन जारी गरेको छ। गुगल म्याप एप्लिकशेनले बाढी प्रभावित क्षेत्र, राहत केन्द्रहरू तथा बाटो बन्द रहेका स्थानहरुबारे पनि जानकारी दिनेछ।

'यो क्राइसिस म्याप एउटा प्रारम्भिक भर्सन मात्रै हो', गुगलका सिनियर प्रडक्ट म्यानेजर जयन्थ माइसोरेले भनेका छन्- 'यो नक्साले बाढीले असर पुर्याभएका स्थान, राहत केन्द्रहरु र सडक अवरुद्ध भएको बारे जानकारी दिनेछ।'

गुगलले उत्तराखण्डको बाढीमा हराइरहेकाहरुको खोजीका 'पर्सन फाइन्डर' एप्लिकेशन सुरू गरेको हो। यो एप्लिकेशनमा हराएकाहरुलाई खोज्न तथा सम्पर्कमा आएकाहरुको विवरण राख्न सकिन्छ। सम्पर्कमा आएकाहरुको तस्विर, उनीहरु रहेको स्थानको नक्सा तथा पारिवारिक पृष्ठभूमि समेत गुगल पर्सन फाइन्डर एप्लिकेशन उल्लेख गर्न सकिन्छ।

भारतीय गृहमन्त्रीका अनुसार बाढीका कारण अझै ५० हजार मान्छे सम्पर्कबिहीन छन्।

प्रकाशित: ८ असार २०७० ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App