१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

साउदीबाट फर्किन नेपाली महिला सम्पर्कमै आएनन्

साउदी अरब – साउदी अरबमा घरेलु कामदारका रुपमा रहेका अवैध नेपाली महिलाहरु ७० हजारको संख्यामा रहेको भए पनि आप्रवासी कामदारलाई साउदी सरकारले जुलाई ३ सम्ममा वैध हुन वा स्वदेश फर्कन आदेश जारीको दुई साता बितिसक्दा पनि नेपाली महिलाहरु भने सम्पर्क आएका छैनन्। नेपालीलाई स्वदेश फर्काउने कार्यमा नेपाली दूताबासले दुई साताअघि काम थाले पनि स्वदेश फर्किनका लागि एकजना महिलाले पनि सम्पर्क गरेका छैनन्।साउदी सरकारले तोकेको अवधिमा अवैध आप्रवासी नेपाली कामदारहरलाई वैध तुल्याउन वा स्वदेश फर्काउन नेपाली दुतावासले मे १३ बाट सूचना जारी गरेर निवेदन संकलन गर्न थालेको थियो। तर अहिलेसम्म एक जना पनि नेपाली महिला सम्पर्कमा नआएको राजदुत उदयराज पाण्डेले जनाकारी दिए। स्वदेश फर्कन चाहाने महिलाहरुका लागि सहज प्रक्रिया तय गरिएको भए पनि एकजना पनि सम्पर्क नआउँदा राजदूत पाण्डे आश्चार्यचकित छन्। अरुबेला दलालहरुमार्फत् ठगिएको, मालिक–मालिक्नीहरुबाट शोषणमा परेको भन्दै आउने महिलाहरु यस बेला भने सम्पर्कमै नआएको पाण्डेले जानकारी दिए।

एनआरएन साउदीका निवर्तमान अध्यक्ष धर्म केसी भने साउदी सरकारले हाल जारी गरेको आप्रवासी अवैध कामदारहरुलाई वैध हुन वा स्वदेश फर्कन जारी गरेको प्रक्रियामा अनौपचारिक क्षेत्रबाट भित्रिएका महिलाहरु नपर्ने दाबी गरे। तर राजदुत पाण्डेले भने अवैधानिक तरिकाले भित्रिएका भए पनि नेपाली दिदीबहिनीहरुलाई उद्दार गर्न दूताबास तयार रहेको बताए। 'उनीहरुले कुनै पनि प्रकारको कागजात वा प्रमाण पेश गर्नु पर्दैन मात्रै उनीहरुको औला छाप (फिंगर प्रिन्ट) जाँच पश्चात् स्वदेश फर्काउने व्यवस्था गरिएको छ', पाण्डेले भने।

साउदी अरबमा घरेलु कामदारका रुपमा नेपाली महिलाहरु भारत हुँदै भित्रिने गरेका छन्। नेपाल सरकारको अनुमति बिना आएका महिलाहरुको उद्दार गर्न नेपाली राजदुतावास तयार रहेको र साउदी सरकारले आप्रवासी कामदारहरुका लागि लचिलो प्रक्रिया अपनाएको अवस्था पनि उद्दार हुन नसकेपछि समस्या पर्नसक्ने दूताबासले जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०७० ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App