बुद्ध दर्शन समिति अस्ट्रेलियाका अध्यक्ष निमा शेर्पाले बुद्धको जन्मस्थलबारे भ्रम सृजना गर्ने अध्यन सामग्रिहरुलाई सच्याउन अस्ट्रेलियन सरकारका निकायहरुलाई अनुरोध गर्ने जानकारी दिएका थिए।
यसैगरी मेलवर्नमा पनि नेपाली सामुदायिक संस्थाहरुले बुद्ध जयन्ती मनाएका छन्। लुम्बिनि कपिलबस्तु दिवस अभियानका विश्व संयोजक राम कुमार श्रेष्ठका अनुसार कार्यक्रममा बुद्ध प्रथना र दर्शनका बारेमा चर्चा गर्नुका साथै बुद्धको जन्मस्थलबारे सृजीत भ्रम कसरी निवारण गर्न सकिन्छ भनेर छलफल भएको थियो।
बुद्धजयन्तीकै अवसर पारेर तमु समाज सिड्नीले आइतवार पनि बिषेश कार्यक्रमको आयोजना गर्दैछ। उक्त कायक्रमको मुख्य आकर्षण बुद्धकप फुटवल प्रतियोगिता हरेको तमु समाजका अध्यक्ष देव गुरुङले नागरिकन्युजलाई बताए। ३५ वर्ष पुगेका प्रोढहरु र युवाहरुको बेग्ला बेग्लै फुटवल प्रतियोगिता हुनेछ। साथै गुरुङ, मगर जातिको मौलिक खेल ठेलो हान्ने खेल खेलाइने छ।
प्रकाशित: ११ जेष्ठ २०७० ०८:२६ शनिबार




