जर्मनी – नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले गत आइतवार गरेको बिभाग बिस्तारप्रति जनसम्पर्क समिति जर्मनीले आपत्ति जनाएको छ। समितिका अध्यक्ष शरण केसीले एक विज्ञप्ति जारी गर्दै सभापतिको विभाग विस्तार निर्णयले सभापति समग्र पार्टी पंक्तिका लागि नभइ कुनै एक गुटको मात्र भएको उल्लेख गरेको छ। भेदभावपूर्ण किसिले गरिएको विस्तारले विश्वभरिका कांग्रेस सदस्यहरुलाई ठेस पुर्याएको विज्ञप्तिमा उल्लेख छ।
'विदेशमा बसेर पार्टीको लागि योगदान दिने त्यागी कार्यकर्ताको अवमूल्यन गर्ने व्यक्ति कसरी सबैको सभापति हुन सक्छ?', विज्ञप्तिमा भनिएको छ। जनसम्पर्क समिती बिभागमा भएको त्रुटि तुरुन्त नसच्याए आफूहरु पार्टीको कुनै पनि निर्देशान् मान्न बाध्य नहुने चेतावनी पनि कसीको वक्तव्यमा दिइएको छ।संपर्क समितीका लागि कुनै पनि काम नगरेका र कहिलै राजनीतिक परिदृश्यमा नाम नसुनिएका व्यक्तिहरु समेत सभापतिको तोक आदेशमा बिभागमा राखिनु निन्दनिय भएको विज्ञप्तिमा उल्लेख छ। 'हामीले निकै दु:ख र मेहनत गरेर युरोपमा कांग्रेसको जग बसालेका हौ जुन सभापति कोइरालाको बालहठको शिकार हुँदैछ।'
प्रकाशित: ११ जेष्ठ २०७० ०८:१६ शनिबार




