१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

पुर्वी पाकिस्तानमा बस पड्कयो, १६ स्कुले केटाकेटीको निधन

इस्लामावाद- पुर्वी पाकिस्तानको स्कुलबसमा आगो लागेर पड्कँदा कम्तिमा पनि १६ बालबालिकाको निधन भएको पाकिस्तानी प्रहरीले जनाएको छ। पाकिस्तानको गुजरात शहरबाट केही बाहिर भएको दुर्घटनामा परी घाइते भएका सात जनालाई अस्पताल पुर्‍याइएको छ।


सुरुमा बसको ग्यास सिलिन्डस पड्केर आगो लागेको जानकारी आएको थियो। प्रहरीले एएफपीलाई दिएको जानकारीमा भने ग्यास ट्याङ्की यथावत रहेको उल्लेख छ।

विस्फोटमा शिक्षककोसम्त निधन भएको छ। प्रहरीलाई उदृत गर्दै एएफपीले जनाएअनुसार बसका चालक बाँच्न सफल भएका छन्।

डर अली कताकले समाचार एजेन्सीहरुलाई बताएअनुसार दुई पद्धतिबाट चल्ने बसको ग्यासबाट पेट्रोलमा स्विचिङ गर्दा विस्फोट भएको हो।

मर्ने केटाकेटीमा ५ देखि १५ वर्ष उमेरका छन्। इस्लामावादबाट २ सय किलोमिटर दुरीमा भएको विस्फोट उनीहरुको स्कुल नजिकै थियो।

पाकिस्तानमा डिजेल र पेट्रोलको तुलनामा सस्तो पर्ने भएकाले वैकल्पिक इन्धनका रुपमा कम्प्रेस्ड प्राकृतिक ग्यासको प्रयोग हुने गर्छ।

प्रकाशित: ११ जेष्ठ २०७० ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App