१० चैत्र २०८२ मंगलबार
image/svg+xml
प्रवास

सिरियाली प्रधानमन्त्रीको हत्या प्रयास

दमासकस– सिरियाली प्रधानमन्त्री वाएल अल–हल्की सोमबार भएको हत्या प्रयासबाट जोगिएका छन्।
उनी चढेको सवारीसाधन लक्षीत गरी विस्फोट गराइएको सिरियाली सरकारी टेलिभिजनले प्रसारण गरेको थियो।टेलिभिजनले जनाएअनुसार प्रधानमन्त्रीको गाडीमाथि आक्रमण गर्ने प्रयास भए पनि उनलाई कुनै चोटपटक लागेन। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले प्रधानमन्त्री चढेको गाडी लक्षीत गरी आक्रमण भएको र उनका एकजना अंगरक्षकको मृत्यु भएको उल्लेख गरेको छ। अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले प्रधानमन्त्रीका सवारीचालक र अर्का एकजना अंगरक्षक गम्भीर घाइते भएको उल्लेख गरे। घटनास्थलमा रहेका एएफपीका फोटोग्राफरले विस्फोटबाट निकै सवारीसाधन ध्वस्त भएको बताए। विस्फोटबाट एउटा बस समेत जलेको बताए। उनीभन्दा अघिका प्रधानमन्त्री रियाद हिजाब सिरियाली विद्रोहीसँग मिलेपछि हल्कीलाई सन् २०१२ अगस्तमा राष्ट्रपति बसर अल–असदले प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रकाशित: १६ वैशाख २०७० २१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App