११ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउने खतरा

टोक्यो, मंसिर २२ (एजेन्सी)- जापानको उत्तरपूर्वी भेगमा ७.३ म्यागनिच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको एजेन्सीहरुले बताएको छ। राजधानी टोकियोबाट ४ सय ९२ किलोमिटर उत्तरपूर्वमा रहेको कामिआशीमा केन्द्र बिन्दु बनाइ भूकम्प गएको अमेरिकी भूगर्भ मापन विभागले जनाएको छ।

जापनिज मापनकेन्द्रले भने २ मिटर अग्लोसम्म सुनामी आउने संकेत गरेको छ। भूकम्पको झड्का राजधानी टोकियोमा पनि परेको एजेन्सीले जनाएका छन्।

गत वर्ष पनि जापानमा भूकम्पका कारण आएको सुनामीले मानवीय तथा करोडौंको क्षति पुर्‍याएको थियो।

प्रकाशित: २२ मंसिर २०६९ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App