६ वैशाख २०८१ बिहीबार
प्रवास

दुबईको बुर्ज खालिफामा नेपालको राष्ट्रिय झण्डा

संविधान दिवसको अवसरमा आज दुबईमा रहेको संसारकै अग्लो भवन ‘बुर्ज खालिफा’ मा नेपालको राष्ट्रिय झण्डा ‘डिस्प्ले’ गरिने भएको छ। नेपाली राजदूतावासको अनुरोधमा यूएई सरकारले बुर्ज खालिफामा १ मिनेटका लागि नेपालको राष्ट्रिय झण्डा ‘डिस्प्ले’ गर्ने भएको हो।

दूतावासले दिएको जानकारी  अनुसार  आज  साँझ ८ बजे (स्थानीय समय) दुबईस्थित बुर्ज खालिफा र अबुधाबीस्थित एड्नकको मुख्य कार्यालय भवनमा एकैसाथ नेपालको राष्ट्रिय झण्डा ‘डिस्प्ले’ हुनेछ।

गत वर्ष आजकै दिन बुर्ज खालिफा र एड्नकको मुख्य कार्यालयमा पहिलोपटक नेपालको राष्ट्रिय झण्डा ‘डिस्प्ले’ गरिएको थियो। यस वर्ष पनि बुर्ज खालिफामा आफ्नो देशको  झण्डा ‘डिस्प्ले’ हुने खबर पाएपछि  हर्षित बनेका नेपालीहरु आज साँझ  बुर्ज खालिफामा पुगेर खुसी मनाउने तयारी गरेका छन्।

१ सय ६३ तलाको संसारकै अग्लो यो गगनचुम्बी भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा झलमलाइने गरिएको छ।

प्रकाशित: ३ आश्विन २०७७ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App