२० पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

अफगानिस्तानमा मलामीमाथि आत्मघाती बम आक्रमण, कम्तिमा २५ को मृत्यु

काबुल, भदौ १९ (एजेन्सी)- अफगानिस्तानको पूर्वी प्रान्त नानगरहरमा मलामीहरुमाथि एक आत्मघाती आक्रमणकारीले आफूसँग रहेको बम पड्काउँदा कम्तिमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ।
मर्नेहरुमा जिल्ला गभर्नरका एक छोरा पनि रहेका छन्।  जिल्ला गभर्नरसहित ३० जना घाइते भएका छन्।

एक जातीय नेताको मृत्यु भएपछि मलामी गइरहेका सयौँ गाउँलेहरुको भीडमा बम आक्रमण भएको थियो। केही अघि तालिबानको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका थिए। त्यसैको विरोधमा आक्रमण गरिएको अनुमान गरिएको छ। 


प्रकाशित: १९ भाद्र २०६९ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App