८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

यौनोत्तेजक औषधीले लिंग क्षतिग्रस्त

न्युयोर्क, भदौ १९ (एजेन्सी)- अमेरिकाका एक व्यक्तिले यौन शक्तिवर्धक औषधी उत्पादक कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। उक्त कम्पनीबाट उत्पादित औषधीसेवन गरेका कारण उनको लिंग क्षतिग्रस्त भएको भन्दै उनले एक साताअघि अदालतमा मुद्दा हालेका हुन्।

एड्रियन कार्टर नामक ती व्यक्तिले पोहोर अमेरिकी सहर ह्युस्टनको एक मोटेलमा उक्त यौनोत्तेजक औषधी सेवनपछि गरेको यौन सम्पर्कमा उनको लिंग क्षतिग्रस्त भएको बताएका छन्।
उनले यौनोत्तेजक औषधी विरलिस प्रो ह्युस्टनकै एक पेट्रोल पम्पमा किनेका थिए। अमेरिकामा विरलिस प्रो चक्कीका रुपमा पाइन्छ। विरलिस प्रोले ७२ घन्टासम्म लिंग उत्तेजित र कडा भैरहने उत्पादक कम्पनीको दाबी छ।
टेक्सासमा बस्ने उनले आफ्नो लिंग क्षतिग्रस्त हुनुमा औषधी उत्पादक कम्पनीको यौनोत्तेजक औषधीलाई जिम्मेवार ठहर्‍याएका छन्। तर तीन यौन विशेषज्ञका अनुसार औषधीभन्दा पनि जथाभावी तरिकाबाट यौन सम्पर्क गर्दा मात्र लिंग क्षतिग्रस्त हुने बताएका छन्।
२९ वर्षे एड्रियनले ह्यारिस काउन्टीको अदालतमा दायर गरेको मुद्दामा उनले यौन सम्पर्क गरेको दिन बिहान शक्तिवर्धक यौनोत्तेजक औषधी सेवन गरेको उल्लेख गरेका छन्।
यौन सम्पर्क गर्दा उनलाई सहिनसक्नु पीडा भयो। यौन सम्पर्कका बेला उनको लिंगबाट अत्यधिक रक्तस्राव भयो। उनको लिंगबाट निस्केको रगतको छिर्का तन्ना, भित्ता र कोठाका ऐनामा समेत पर्‍यो। उनी यौन सम्पर्क छाडेर आत्तिँदै अस्पतालको आकस्मिक सेवातिर दगुरे।
अस्पतालका आकस्मिक सेवामा रहेका डक्टरहरूले जाँच गर्दा उनको लिंग क्षतिग्रस्त भएको पाए। डक्टरले उनको क्षतिग्रस्त लिंगको उपचार गरे पनि दुर्घटनाका कारण कार्टरले भविष्यमा सन्तान उत्पादन गर्न नसक्ने बताए। कार्टरको मुत्रनली नै लिंगबाट छुट्टिएको छ। अहिले पिसाब फेर्न उनी क्याथेटरको सहायता लिन्छन्। उनको लिंग अब कहिल्यै उत्तेजित नहुने डक्टरले बताएका छन्।
कार्टरले आफ्नो उजुरीमा विरलिस प्रो उपभोक्ताका लागि हानिकारक भएको दाबी गरेका छन्। उनका वकिल मेलिसा मुरले भनिन्, ...यौन सम्पर्क गर्दा उनको लिंगबाट निकै रगत निस्केको र पीडा भयो।' मुरले बताए अनुसार कार्टरको लिंग सुन्नियो। सुन्निएको लिंगको आपतकालीन सल्यक्रिया गरी सबै छाला काटेर फाल्नु परेको उनले बताइन्। मुरले, ...कार्टरको क्षतिग्रस्त लिंगको तस्बिर हेर्नु एक भयानक अनुभव थियो,' भनिन्।
यौनोत्तेजक औषधी उत्पादक कम्पनीले भने विरलिस प्रोको कुनै साइड इफेक्ट नहुने बताएको छ। उसको वेवसाइटमा औषधी प्राकृतिक तत्वबाट उत्पादन गरिएको र युएस फुड एन्ड ड्रग एडमिनिस्टे्रसनबाट प्रमाणित गरिएको उल्लेख छ।
कार्टरले उजुरीमा विरलिस प्रो उत्पादक कम्पनी आट हेल्थ लिमिटेडलगायत कार्ने एन्ड कार्न फाइनान्सियल सर्भिसेजलाई समेत उजुरीमा पोलेका छन्। कार्टरले उजुरीमा यौनोत्तेजक औषधी किन्दा पसलले विरलिस प्रो सुरक्षित र प्राकृतिक भएको बताएको उल्लेख गरेका छन्।

प्रकाशित: १९ भाद्र २०६९ ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App