१६ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

टोरन्टोमा भएको भलिबल प्रतिस्पर्धामा न्युयोर्क टिम विजयी


यम घिमिरे, टोरन्टो (क्यानाडा) भदौ १८- अमेरिका क्यानडामा रहेका नेपालीबीच टोरन्टोमा एकदिने भलिबल प्रतियोगिता भएको छ। लालीगुराँश स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा मिसिसाग सिटीको माल्टनस्थित सामुदायिक खेलमैदानमा भएको खेलमा अमेरिका र क्यानाडाका नेपाली खेलाडीहरुको ५ वटा समुह प्रतिस्पर्धामा उत्रिएका थिए।

हप्तान्तको छुट्टि मनाउने दिन पारेर नकाउट प्रतिस्पर्धामा खेलाइएको खेल हेर्न नेपाली बाहेक अन्य मुलुकका दर्शक समेत सहभागी थिए। फाइनलमा पुगेका दुइ समूहबीचको खेल रोचक बनेको थियो।


खेलमा अमेरिकाको न्युयोर्कस्थित न्युयोर्क भलिबल टिमले प्रथम स्थान हासिल गरी नगद पुरस्कार एक हजार डलरका साथमा एक आकर्षक सिल्ड पनि जित्यो. टोरन्टो सिटीबाट आएको बागलुंग टिम ‘बी' ले द्वितीय स्थानमै चित्त बुझाउनु पर्योट। उसले पुरस्कारस्वरुप पाँच सय डलर हात पार्‍यो।


प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने दुवै बिजयी टिमका खेलाडीमध्ये न्युयोर्क टिमका प्रवीन अर्याल र सोनाप पी शेर्पा एबम् बाग्लुङ टिमका भुपेन्द्र भण्डारी र पान्डु श्रेष्ठलाई उत्कृष्ट खेलाडीको प्रमाणपत्र र पदकले सम्मान गरिएको थियो। प्रतियोगितालाई स्थानीय नेपाली व्यवशायीहरु आंङ्गबरु शेर्पा, जिमी घिमिरे, राजन श्रेष्ठ सहितले प्रायोजन गरेका थिए।

प्रकाशित: १८ भाद्र २०६९ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App