coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

स्याङ्जा समाज युकेद्वारा बेलायतमा जेष्ठ नागरिकलाई सहयोग

स्याङ्जा समाज युकेले क्यान ईन्टरनेशनल (कम्युनिटीज एण्ड नेचर इन्टरनेशनल) को सहयोगमा १२ जुलाईमा एल्डरशर्टमा गोर्खा नेपाली समुदायका जेष्ठ नागरिक सदस्यहरूलाई कोभिड -१८ बाट जोगिनको लागी अत्यवश्यक समानहरु (मास्क र सेनिटाइजर) वितरण गरेको छ।

गोर्खा समुदायका ४० जना जेष्ठ नागरिक सदस्यहरुलाई मास्क र सेनिटाइजर वितरण गरिएको हो।

क्यान इन्टर्नेशनल बेलायतमा संचालित परोपकारी संस्था हो जसले गोर्खा केन्द्रको संचालन गर्दै बेलायत भरी छरिएर रहेका गोर्खा आर्मीका परिवार र अन्य समस्यामा परेका नेपाली परिवारहरुलाई बिभिन्न सहयोग गर्ने गर्दछ।  

कार्यक्रममा स्याङ्जा समाज युकेका अध्यक्ष सारदा गुरुङ, उपाध्यक्ष भरत गुरुङ , संरक्षक थर्क सेन, मेजर कुमार गुरुङ , कोषाध्यक्ष विष्णु थापा उपस्थित थिए।  

कार्यक्रममा कोभिड-१९ बाट जोगिन चहिने अत्यवश्यक समान पाए पछी गोर्खा समुदाएका जेष्ठ नागरिकहरुले क्यान र स्याङ्जा समाज युके लाई धन्यबाद ज्ञापन गरेका थिए।

 

 

 

प्रकाशित: २९ असार २०७७ ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App