१० चैत्र २०८२ मंगलबार
image/svg+xml
प्रवास

पाकिस्तानमा भएको ड्रोन हमलामा १५ को मृत्यु

इस्लामाबाद, जेठ २२ (एजेन्सी)-पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएको अमेरिकी ड्रोन हमलामा १५ जनाको मृत्यु भएको छ। यसले घटनाले अमेरिका र पाकिस्तान विचको सम्बन्ध अझ चिसिने अनुमान गरिएको छ।
तीन दिनमा तेस्रो पटक भएको यस हमलामा उत्तरी वजिरिस्थान ग्रामिण क्षेत्र स्थित हेसोखेल गाउँमा लुेकेर वसेका लडाकाहरूलाई लक्ष्य बनाइएको थियो।

यसकासाथै पछिल्ला तीन दिनमा ड्रोन हमलाबाट मृत्यु हुनेको संख्या २७ पुगकेो छ। चालक रहित अमेरिकी ड्रोन विमानले शनिबार र आइतबार दषिणी वजिरिस्थान कबिलाई क्षेत्रमा आक्रमण गरेका थिए।

अफागानिस्तानमा नाटो गठबन्धन सेनालाई रासन पुर्‍याउने बाटो पुनः खोलाउने सम्बन्धमा पाकिस्तान र अमेरिका विच कठिन समझौता विचैमा रुकेको छ। यस सम्बन्धमा कनै सकारात्मक संकेत देखिएको छैन।

सन् २०११को नोभेम्बरमा नाटो विमानको आक्रमणमा परी २४ आफ्ना २४ सैनिकको मृत्यु भएपछि पाकिस्तानले उक्त बाटो रोकी राखेको छ।

 

प्रकाशित: २२ जेष्ठ २०६९ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App