१० चैत्र २०८२ मंगलबार
image/svg+xml
प्रवास

सिड्नीमा मनाइयो बुद्ध जयन्ती

ऋषि आचार्य, सिड्नी, वैशाख २६- बुद्धको उपदेश, अहिंसा करुणा र शान्तिका बारेमा चर्चा गर्दै सिड्नीमा २५ सय ५७ औ बुद्धजयन्ती मनाइएको छ। अघिल्लो बर्ष झै यो बर्ष पनि ६ मे आइतवार सिड्नीमा बेग्लाबेग्लै दुईवटा बुद्धजयन्ती समारोह आयोजना भएको थियो।

कार्यक्रममा बुद्ध पुजा अर्चना, विपश्यना ध्यान, लुम्विनी भ्रमण वर्ष २०१२ को प्रचार प्रसार, फोटो प्रदर्शनी, शान्ति र्‍याली, रक्तदान कार्यक्रम, बुद्धकप फुटवल तथा भलिबल प्रतियोगिताका साथै छेलो हान्ने रोमान्चकारी प्रतियोगिता भएको थियो।

कार्यक्रमका विशेष अतिथि लुम्बिनी कपिलबस्तु दिवस विश्व अभियान समितिको विश्व समितिका सल्लाहकार कविताराम श्रेष्ठले शान्तिका अग्रदूत भगवान गौतम बुद्धले दिएको शान्तिको सन्देशलाई विश्व सामु फैलाउने प्रमुख दायित्व हाम्रै भएको बताए। गौतम बुद्ध जन्मेको पवित्र भूमि लुम्विनीको जगेर्ना गर्ने कर्तब्य पनि हामी नेपालीहरुको नै भएको उनको धारणा थियो।

श्रेष्ठले नेपाल सरकारले मनाइ रहेको लुम्विनी भ्रमण वर्ष २०१२ लाई प्रवर्द्धन गर्दै हामी प्रबासी नेपालीहरुले पनि देश बिकासमा सके जति सहभागी हुन अपिल गरे। सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथी, न्यु साउथ वेल्स अस्ट्रेलियाका लागि महावाणिज्यदूत दिपक खड्काले आजको युद्ध र हिंसा ग्रस्त समाजमा गौतम बुद्धले दिनु भएको शान्ति, अहिंसा , प्रेम र करुणाको संदेश अझ बढी सार्थक भएको बताउदै लुम्विनी कपिलबस्तु दिवस अभियानले आफूलाई लुम्बिनी प्रवर्द्धनको लागि घच्घच्याएको बताएका थिए।

नेपाल बुद्धिस्ट काउन्सिलका अध्यक्ष्य मनिश्वर बज्राचार्यले बुद्ध धर्मको उत्पति, यसको वैज्ञानिकता र यो धर्मका बिशेषताको परिचर्चा गर्दै गौतम बुद्धजन्मिएको देशमा जन्मिन पाएकोमा गौरब लागेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का बिशेष अतिथि लुम्बिनी कपिल बस्तु दिवस बिश्व अभियानका बिश्व संयोजक राम कुमार श्रेष्ठले यो अभियानको उत्पति, विकास, औचित्य लगाएतका विषयमा प्रष्ट पारेका थिए। सोहि काक्रममा बुद्धको जीवनीमा आधारित पहिलो नेपाली उपन्यास "महाभिनिस्त्रिक्रमणका अस्वीकृत पाइला" लेखेर बुद्ध को जीवनीलाई आम मानसमा सजिलोसंग पुर्याई दिए बापत बुद्ध दर्शन समिति अस्ट्रेलियाले लेखक प्राध्यापक कविताराम श्रेष्ठलाई सम्मान गरेको थियो।

बाणिज्यदुत दीपक खड्काले अभिनन्दन पत्र र बुद्ध दर्शन समिती अस्ट्रेलियाका अध्यक्ष निमा शेर्पाले खादा ओढाई लेखक श्रेष्ठलाई बधाई सहित अभिनन्दन गरिएको थियो।
बुद्धजयन्तीकै अवसर पारेर तमु समाजले पनि बिषेश कार्यक्रमको आयोजना गर्‍यो। मे ६ आईतवारका दिन बुद्धपुजाबाट सुरु भएको उक्त कायक्रमको मुख्य आकर्षण बुद्धकप फुटवल प्रतियोगिता थियो। तमु समाजका अध्यक्ष देव गुरुङका अनुसार प्रतियोगितामा ३५ वर्ष पुगेका प्रोढहरु सहभागि ८ वटा फुटवल क्लवले भागलिएका थिए। गुरुङ, मगर जातिको मौलिक खेल ठेलो हान्ने खेल सबैकालागि अनौठो र अकर्षक बनेको थियो।

प्रकाशित: २६ वैशाख २०६९ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App