१८ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

२५ वर्षपछि अमिताभ बच्चनलाई भ्रष्टाचार आरोपमा सफाई

मुम्बई, वैशाख १३ (एजेन्सी)- बलिउडका मेघा स्टार अमिताभ बच्चनले २५ वर्षपछि आफूमाथि लाग्दै आएको भ्रष्टाचारको आरोपबाट सफाइ पाएका छन्। सन् १९८० को दशकमा राजीव गान्धीको नेतृत्वमा रहेको सरकारमाथि वोफोर्स तोप खरिद गर्दा ठूलो रकम दलालीका रुपमा लिइएको आरोप उनलाई लागेको थियो। अमिताभ त्यतिबेला सत्तारुढ कङ्ग्रेस (आइ) का सांसद थिए।

स्विडेनका पूर्व प्रहरी प्रमुख स्टेन लिण्डस्ट्रोमले त्यस सम्बन्धमा धेरै भारतीय संस्थान तथा निर्दोष मानिसलाई फसाइएको दावी गरेका छन्। उनले अमिताभ बच्चनतर्फ इशारा गर्दै भने- राजीव गान्धीका साथीलाई यस सम्बन्धमा वाहियातरुपमा तानिएको थियो। उनले राजीव गान्धीले पनि कुनै किसिमको दलाली नलिएको पनि बताए। 

  
यी तिनै प्रहरी प्रमुख हुन, जसलाई उदृत गर्दै पहिलो पटक वोफोर्स तोप खरिदमा ठूलो दलाली भएको उजागर भएको थियो। यही आरोपका कारण राजीव गान्धीको दल अर्को निर्वाचनमा पराजितसमेत भएको थियो।

यस विच अमिताभ बच्चनकी पत्नी जया बच्चनले आफ्ना पतिले सफाइ पाएकोमा खुसी व्यक्त गर्दै इश्वरलाई धन्यवाद दिएकी छिन्।

'अन्ततः सत्य सामुन्य आइनै हाल्यो। तर २५ वर्षसम्म मेरो परिवारले जुन मानसिक त्रासदी सहनु पर्‍यो तयसको जवाफ कसले दिन्छ?'
सन् १९८६मा भारतले स्विडेनसँग लगभग ४ सय बोफोर्स तोप खरिद गर्ने समझौता गरेको थियो। त्यसको मुल्य लगभग १ अर्ब ३० करोड डलर थियो।

 

प्रकाशित: १३ वैशाख २०६९ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App