१८ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

सुनामीले बगाएको फुटबल अलास्का पुग्यो

टोकियो, वैशाख १२ (एजेन्सी) - जापानमा गत वर्षको सुनामीमा घरबार गुमाएका एक किशोरले एक वर्षपछि आफ्नो फुटवल भने फेला पारेका छन्। सुनामीसँगै बगेको उनको फुटवल अलास्का पुगेको थियो।
बलमा उनको नाम लेखिएको थियो जसका आधारमा दी नेसनल ओसेनिक एन्ड एट्मोस्फेरिक प्रशासनले उनको बल फिर्ता गर्न सघायो। अलास्का टापुमा एक व्यक्तिले सेतो फुटवल फेला पारेका थिए। ती व्यक्तिकी पत्‍नी जापानिज रहिछिन्। उनीहरुले १६ वर्षे किशोर मिसाकी मुराकामीलाई बल फिर्ता गर्ने भएका छन्। मुराकामी यो खबरलगत्तै भाव विह्वल भएका छन्। उनले ५ हजार किलोमिटर टाढाबाट बल फिर्ता हुन लागेकोमा धन्यवादसमेत दिएका छन्।

'यो अति ठूलो आश्चर्य हो। मेरो बल अलास्का पुग्ला भन्ने मैले कल्पनासम्म पनि गरेको थिइन्,' उनले एनएचके टेलिभिजनसँग भने, 'सुनामीमा सबैकुरा गुम्यो। तर, बल फेला पर्दा मलाई ज्यादै खुशी लागेको छ।'

२०११ को मार्च ११ मा सुनामीले उनको घरमात्र बगाएन १९ हजारभन्दा बढीको ज्यानसमेत गयो। सन् २००५ मा उनले प्रोत्साहनस्वरुप स्कुल छाड्दा यो फुटवल उपहार पाएका थिए।

प्रकाशित: ११ वैशाख २०६९ २३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App