१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनए उच्चस्तरीय समितिको प्रेश संयोजकमा शर्मा

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक उच्चस्तरिय समितिमा वेलायतस्थित क्रियासिल पत्रकार चिरन शर्मा नियुक्ती भएका छन्।

 संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीबिरुद्ध लड्न गठित उच्चस्तरीय समितिको प्रेस संयोजकमा शर्मा नियुक्त भएका हुन्। सो उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधार रहेका छन्। कोरोना भाइरसको महामारीले पारेको प्रभाव र समस्या समाधानको लागि समितिले गरेका गतिविधिलाई गैरआवासीय नेपालीसमक्ष पु-याउन जिम्मेवारी सहित संघका अध्यक्ष कुमार पन्तले आइतवार देखि सो जिम्मेवारी दिएको संघले जनाएको छ।

उनी नागरिक दैनिकको लागि वेलायत संवाददाता तथा नेपाल पत्रकार महासंघ वेलायतका पूर्वअध्यक्ष समेत हुन्।

प्रकाशित: १ वैशाख २०७७ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App