१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

साना व्यवसायीहरुलाई राहात दिलाउन चेम्बरको पहल

अमेरिका-  कोरोना भाईरसको असरबाट जागिर गुमाएका र व्यापारमा असर परेका नेपाली समुदायका लागि चेम्बर अफ कमर्श अमेरिकाले रहात दिलाउन पहल शुरु गरेको छ। खासगरी अमेरिकामा रहेका नेपाली समुदायको व्यपार भनेको ग्यास स्टेसन, रेष्टुरेन्ट, होटल, सूचना प्रविधि हो।

खासगरी साना व्यवसायीहरुका लागि सरकारले घोषणा गरेको राहात कार्यक्रमबाट बढी भन्दा बढी लाभ लिनका लागि कमर्सका अध्यक्ष बाल जोशीले पहल गरी रहेको बताए। आजै मात्र टेक्सास राज्यका स्मल विजिनेस एडमिनिष्ट्रसनका अध्यक्ष हरबर्ड अष्ट्रिनसँग नेपाली व्यवसायीहरुबीच कन्फ्रेन्स कल गरी कोरोनाबाट परिरहेको असरको प्रकृति र सरकारले घोषणा गरेको राहात कसरी लिन सकिन्छ भन्ने विषयमा लामो छलफल भएको उनले बताए।

करिब डेढ सय नेपाली व्यवसायी संलग्न सो छलफलमा अमेरिकी सरकारले घोषणा गरिसकेको र संसदमा पुगेको बीलको बारेमा समेत एसपिएका अध्यक्ष अष्ट्रिनले प्रष्ट पारेका थिए। छलफलबाट नेपाली व्यवसायीहरुले राहात महसुस गरेका छन। कन्फ्रेन्स बैठकमा खासगरी डिजाष्टर रिलिफ लोन बढीमा दुई मिलियन डलरसम्मको लागि कसरी आवेदन दिने र पाउन सकिन्छ भन्ने विषयमा अध्यक्ष अष्टिनले आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। सरकारले साना व्यवसयीलाई दिने त्यस्ता ऋण एसपिएमार्फत बैकहरुले दिने गर्दछ। यसका लागि नेपाली चेम्बरले संयोजन गरिहेको छ।

कोरोनाको कारण नियमित व्यवसाय नहुनाले ’क्यास फ्लो’ कमजोर भएको छ भने यो अस्वाभाविक परिस्थितिमा अमेरिकी अर्थतन्त्रको मेरुदण्ड मानिएका साना तथा मझौला उद्योग व्यवसायहरूलाई राहत दिन तथा उद्धार गर्न अमेरिकी सरकार अन्तर्गत रहेको ’स्मल विजिनेस एडमिनिष्ट्रसन एसपिएले इकनोमिक ईन्जुरी डिजाष्टर रिलिफ लोन दिने भएको छ। सो लोन न्यून व्याजदरमा बढीमा दुई मिलियन डलरसम्म लिन सकिनेछ। आजदेखि अमेरिकी सिनेटमा कोरोनाको कारणबाट पीडित भएकाहरुलाई राहात दिनका लागि प्रस्तावित बीलमा छलफल चलिरहेको छ। जुन बील पास भएमा प्रति व्यक्तिले १२ सय डलर पाउने र बालबालिकाका लागि ६ सय दिईने प्रस्ताव गरिएको छ।   

कोरोनाका कारण अमेरिकामा यतिखेर ठूला मल, होटल रेष्टुरेन्टमा काम गर्ने, ब्यूटिपार्लरमा काम गर्नेहरुले केहि समयमा लागि जागिर गुमाएका छन। उनिहरुलाई पनि अस्थायी रुपमा भए पनि विभिन्न ठूला स्टोरहरु आवश्यक जागिरका लागि चम्बरले पहल गरिरहेको अध्यक्ष बाल जोशीले बताए। हामीले पहल गरेर व्यवसायीहरुसँग समन्वय गरेर आव्हान गरेका छौ र केहि मानिसले जागिर पनि पाई सकेको बताए। अमेरिकामा रहेका नेपालीहरुलाई विभिन्न माध्यमबाट सहयोग गर्न स्थानीय संघ संस्थाहरु पनि सक्रिय भएका छन्।  

प्रकाशित: १० चैत्र २०७६ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App