१ श्रावण २०८२ बिहीबार
image/svg+xml
प्रवास

प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षमा पोखरेल निर्विरोध

एमाले निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको अध्यक्षमा पशुपति पोखरेल निर्विरोध निर्वाचित भएका छन्।

मञ्चको आइतबार लेस्टरमा सम्पन्न नवौं महाधिवेशनले आगामी तीन वर्षका लागि पोखरेललाई अध्यक्षको जिम्मेवारी दिएको हो।

यसअघि उपाध्यक्ष रहेका पोखरेल हाल मञ्चको सदस्य तथा सङ्घसंस्था समन्वय विभाग प्रमुख थिए।

सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षहरूमा डा. मुकुन्द बास्तोला, प्रतिमा जिसी, सुदेशा बजगाईं र लिलामान शेरपुञ्जा पुन चयन भएका छन्।

त्यस्तै, कार्यसमितिको सचिवमा गंगा क्षेत्री निर्वाचित भएकी छन् भने सहसचिवमा हरि आचार्य, श्याम लुइँटेल र दुर्गा बानिया सर्वसम्मत चयन भएका छन्।

सदस्यहरूमा शम्भुप्रसाद अर्याल, अर्जुन चापागाईं, तारानाथ भण्डारी, अर्कराज तिम्सिना, वीरकाजी गुरुङ, अञ्जु पाठक र प्रेम गुरुङ रहेका छन्।

महाधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए।

प्रकाशित: २ असार २०८२ १८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App