१४ पुस २०८१ आइतबार
image/svg+xml
प्रवास

प्रवासी नेपालीद्वारा दुई विद्यालयलाई कम्युप्टर सहयोग

प्रवासी नेपालीले म्याग्दीको दुई  विद्यालयलाई छ लाख पचास हजार रुपैयाँ मूल्य बराबरको सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन्। 

अमेरिकास्थित बाल्टिमोरमा बसोबास गर्ने नेपाली आवद्ध लायन्स क्लब अफ बाल्टिमोर नेप्लिजले बेनी नगरपालिका–८ कालिपुलको बालमन्दिर माध्यमिक र वडा नं। २ बगरफाँटको सरस्वती आधारभूत विद्यालयलाई कम्प्युटर उपलब्ध गराएका हुन्। 

सरस्वती आधारभूत र बालमन्दिर माविको अवस्थाका विषयमा अमेरिकामा क्लबले आयोजना गरेको वृत्तचित्रको विशेष प्रर्दशनी ‘च्यारिटी सो’ मार्फत सहयोग जुटाएर सहयोग गरिएको लायन्स क्लब अफ बाल्टिमोरका अध्यक्ष वैकुण्ठमान श्रेष्ठले जानकारी दिए। 

क्लबले नौ थान कम्प्युटर उपलब्ध गराएको बालमन्दिर माविमा इन्टरनेट जडान, पुराना कम्प्युटर र विद्युत मर्मत, रंगरोगन र सन्देशमूलक चित्रसहित पाँच लाख ५० हजार रुपैयाँ मूल्य बराबरको सामग्री उपलब्ध गराएको छ। 

सरस्वती आधारभूतलाई एक लाख रुपैयाँ मूल्य बराबरको दुई थान कम्प्युटर र एक थान रंङ्गिन प्रिन्टर सहयोग गरेको छ। क्लवका अध्यक्ष श्रेष्ठले बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनपा–८ का अध्यक्ष उत्तम कर्माचार्य मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअलाई सामग्री हस्तान्तरण गरेका हुन्। 

यसैगरी सरस्वती आधारभूतको कक्षा ६ की छात्रा सृष्टि विकलाई ३० हजार रुपैयाँ र बालमन्दिर आधारभूतको कक्षा ८ का रिजन बिक र कक्षा ५ की सोनिया क्षेत्रीको पठनपाठनका लागि १५/१५ हजार रुपैयाँ सहयोग गरिएको छ। 

अमेरिकामा रहेका बालमन्दिर माविका पूर्व विद्यार्थी प्रेम चर्माकार र लायन्स क्लब अफ बेनी लभ्लिहिलको समन्वयमा विद्यालयलाई प्रविधिका सामग्री सहयोग गरिएको हो। कम्प्युटर र शैक्षिक सामग्रीले विद्यालयको पठनपाठन तथा प्रशासनिक काममा प्रविधिको प्रयोग गर्न सहयोग पुगेको बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले जानकारी गराए। रासस

प्रकाशित: १३ पुस २०८१ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App