२५ मंसिर २०८१ मंगलबार
image/svg+xml
प्रवास

प्राविधिक समस्यापछि माल्टाको घुम्ती सेवा स्थगन : कार्यबाहक राजदूत पौड्याल

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ। 

राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै  माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ। माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो।  

यसअघि राहदानी नवीकरणलगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने तय भएको थियो।

प्राविधिक समस्याका कारण राहदानीसम्बन्धी  सेवा अवरुद्ध भएकाले हालका लागि माल्टामा सञ्चालन गर्न लागिएको घुम्ती सेवा स्थगन गरिएको स्पेनका लागि कार्यवाहक नेपाली कार्यबाहक  राजदूत यज्ञराज पौड्यालले जानकारी गराए। 

राहदानी प्रणालीमा देखिएको समस्या समाधान हुनासाथ घुम्ती सेवा शिविर सञ्चालन गरिने उनको भनाई छ। रासस

प्रकाशित: ११ मंसिर २०८१ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App