२९ भाद्र २०८१ शनिबार
image/svg+xml
प्रवास

मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय शाह पक्राउ

अमेरिका  प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा  टेक्सास राज्यबाट ५१ वर्षीय बविसिं शाहलाई पक्राउ गरेको छ। 

पाण्डेको  टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ। पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरि तस्विर समेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ।

हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे  पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो। प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ।

त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी एक युवतीको शव बरामद गरेका थिए। पछि उनीहरूले पाण्डे भएको जानकारी गराएका थिए। 

प्रहरीले बुधबार मात्र शङ्कास्पद व्यक्तिको तस्विर सार्वजनिक गरेको थियो। सोही दिन साँझ संदिग्ध साहलाई गिरफ्तार गर्न सफल भएका थिए।

नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र संदिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन्।-रासस

प्रकाशित: १४ भाद्र २०८१ ०९:४६ शुक्रबार

#Death #amerca #Muna Pande