१२ असार २०८१ बुधबार
image/svg+xml
प्रवास

स्थापित भएपछि पनि विदेशमा निरन्तर मेहनत गरिरहनु पर्छः अनुषा तिमल्सिना (भिडियोसहित)

भक्तपुरकी अनुषा तिमल्सिना यो बेला अस्ट्रेलियामा रजिष्टर्ड नर्सको रुपमा कार्यरत छन् । सन् २०१७ मा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेकी अनुषा अहिले स्थायी बासिन्दा भइसकेकी छन् । विदेश बसाइका क्रममा अनुषाले भोगेका अनुभव यस्तो छ: 

नमस्कार

मेरो नाम अनुषा तिमल्सिना हो । म अस्ट्रेलिया बसेको ७ वर्ष भयो । म २०१७ मा १७ वर्षको हुँदा विद्यार्थी भिसामा अस्ट्रेलिया आएको थिएँ । अहिले म अस्ट्रेलियामा रजिष्टर्ड नर्सको रूपमा काम गर्छु । र मेरो २०२३ मा परमानेन्ट रेसिडेन्सी पनि आइसकेको छ । म मेरो अनुभव जस्ताको त्यस्तै राख्ने प्रयास गर्नेछु । म हजुरहरुलाई धेरै अत्याउने पनि छैन र धेरै ठुलो सपना पनि देखाउने छैन । जे छ जस्ताको त्यस्तै राख्ने कोसिस गर्नेछु ।  

जो पढ्नलाई, आफ्नो करियर र भविष्यका लागि यहाँ आउनु हुन्छ, उहाँहरुका लागि विदेशमा राम्रो अवसरहरु छ । यदि तपाईंहरु कडा मेहेनत गर्न सक्ने हुनुहुन्छ, पढ्न रुचाउनु हुन्छ र आफ्नो भविष्यका लागि एकदमै ध्यान दिनु हुन्छ भने यहाँ आफ्नो मेहनतअनुसारको फल पनि पाइन्छ । अलिकति दुःख गर्नैपर्ने हुन्छ । दुःख र संघर्ष नगरी यहाँ सफलता पाइदैन ।  

यदि हजुरहरुले नेपालमा कहिल्यै काम गर्नुभएको छैन भने नेपालबाट लिएर आएको रकम सकिनुभन्दा अगाडि नै पार्टटाइम काम पाएर पकेट खर्च, भाडा, घरायसी सामान जुटाउन आवश्यक पर्ने रकमको जोहो गर्न अलिकति गाह्रो हुन सक्छ ।  

आजकल काम पाउन यहाँ अलिकति गाह्रो भएको छ । म २०१७ मा अस्ट्रेलिया आउँदा पनि काम पाउन धेरै गाह्रो भएको थियो । बीचमा कोभिडको समयमा आउने विद्यार्थीले अलिकति बढी काम पाउनु भएको थियो । तर अहिले फेरि काम पाउन गाह्रो भइसकेको छ । तर बीचमा एक पटक काम पाएर आफूलाई दैनिक चाहिने रकमको जोहो गर्ने भइसकेपछि नयाँ ठाउँमा जीवनशैली पनि सहज हुन्छ, नयाँ कल्चरमा विभिन्न देशका मान्छेहरुसँग बोल्ने, काम गर्ने, पढ्ने बानी बसिसकेपछि अलिकटि आँट आउँछ । अलिकति हिम्मत आउँछ ।  

यस्तो पनि हैन कि रातदिन कामैमात्रै गर्ने । नसुति नसुतिकन पढ्ने मात्रै, असाइनमेन्टमात्रै गर्ने, स्ट्रेसमात्रै लिने भन्ने हुँदैन । आफ्नो सानो समाज पनि हुन्छ । नेपाली समाज पनि छ यहाँ । विदेशी साथीहरु हुन्छन् । कहिलेकाहीँ साथीभाइ भेटघाट हुन्छ । रमाइलो पनि हुन्छ । तर प्राथमिकता चै पढाई खर्च तिर्ने, आफ्नौ दैनिक आवश्यक पर्ने सामानको जोहो गर्ने, विद्यार्थी भिसा भेन्टेन गर्ने भन्ने हुनु पर्छ ।  

त्यसैले पहिलो केही वर्ष विद्यार्थी भिसा व्यवस्थापन गर्न गाह्रो छ । त्यो भइसकेपछि, यहाँहरुको ग्राजुएशन भइसकेपछि, पढेर आफ्नो एउटा सर्टिफिकेट लिइसकेपछि आफ्नो पढाइअनुसारको काम अप्लाइ गर्न लाग्नु हुन्छ । कसैकसैले सजिलै पाउनु हुन्छ । कसैकसैलाई अलिकति गाह्रो हुनसक्छ आफ्नो कोर्स अनुसारको काम पाउनका लागि । तर त्यो अवस्थाबाट पनि पार भइसकेपछि भने आफ्नो कोर्सअनुसारको काम पाएर अनुभव बटुलिसकेपछि पर्मानेन्ट भिसाको लागि अप्लाइ गर्न सक्नु हुन्छ । त्यसपछि आर्थिक हिसाबमा सबल भइन्छ ।  

त्यसपछि तपाईंहरुको ध्यान परिवारलाई यहाँ ल्याएर घुमाउने हो कि ? आफ्नो मन पर्ने घर र गाडी किन्ने हो कि ? तपाईंले के सोच्नु भएको छ जीवनबारे त्यहीँ अनुसारको हुन सक्छ ।  

त्यसपछि आउनेछ फाइनल फेज, आनन्दको जीवन । तर काम भने गर्नैपर्छ । मेहनत गर्नै पर्छ । विद्यार्थी जीवनमा पनि एककिसिमको मेहनत गर्नै पथ्र्यो भने आफ्नो पढाई सकिएपछि पनि मेहनत निरन्तर गर्नैपर्छ विदेशमा । आज म काममा जादिँन, मलाई गाह्रो भयो भनेर त्यति सजिलै कामबाट छुट्टि लिन पनि पाइदैन । तर आफ्नो मेहनतको फल पनि पाइन्छ । आफ्नो पढाइ र कामअनुसारको फल पनि पाइन्छ ।  

धन्यवाद ।  

प्रकाशित: २८ जेष्ठ २०८१ १५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App