१२ असार २०८१ बुधबार
image/svg+xml
प्रवास

अलिकति मेहनत गर्नुभयो भने विदेशमा जीवन सरल र सहज छः सुदिप पन्त, क्यालिफोर्निया, अमेरिका

झापा दमकका सुदिप पन्त १५ वर्षदेखि अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका छन् । ३७ वर्षको उमेरमा अमेरिका लागेका उनले त्यहाँ आफ्नै व्यवसाय चलाउँछन् । उनको विदेश बसाइको अनुभव यस्तो छ ।  

नमस्कार  

मेरो नाम सुदिप पन्त हो । नेपालमा मेरो घर झापाको दमकमा छ । विगत १५ वर्षदेखि म अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जल्समा बस्दै आएको छु । म ३७ वर्षको उमेरमा नेपालबाट यहाँ आएको हो । सुरुमा परिवारसहित यहाँ आउदा अतिकति हतास, अलिकति गाह्रो दुःख झेलेकै हो । रहदै, बस्दै र सिुक्दै जाँदा भने मैले के थाहा पाए भने अवसरहरु धेरै रैछ । 

मुख्यगरी मलाई लागेको कुरा के हो भने, मैले दुईवटा कुराहरु देखेँ । जीवनलाई सहज बनाउन । कि तपाईंले पढ्नु पर्यो । आफुलाई अपग्रेड गर्नुपर्यो । स्किल मेनपावर बढाउनु पर्यो । त्यहाँबाट राम्रो अंकमा स्यालरी प्राप्त गर्न सक्नु हुन्छ । हैन भने यहाँ सानातिना व्यापार व्यवसायहरू थुप्रै गर्न सकिन्छ । सानातिना व्यापार गरेर पनि तपाईंको जीवनलाई सहज बनाउन सक्नु हुन्छ । 

म अहिले पनि काम गरिरहेको छु । एउटा क्यासिनोमा बैंकरको रूपमा काम गरिरहेको छु । मैले मेरी श्रीमतीलाई भने ब्युटिसियनसँग सम्बन्धित विषय 'एस्थेटेसियन' पढ्न स्कुल पठाएँ । उनी एस्थेटेसियन बनेर आइसकेपछि सन् २०१३ मा हामीले एउटा व्यवसाय ब्युटिपार्लर सुरु गर्यौं। त्यसपछि कहिल्यै पछि फर्केर हेर्नु परेको छैन । जीवन सहज छ । 

धेरै ठुलो सपनाहरु छैन । धेरै ठुलोठुलो उद्योगधन्दा खोल्नु छैन । धेरै सम्पन्न बन्नु पनि छैन । केटाकेटीहरु पढिरहेका छन् । आफ्नु खुट्टामा उभिने तरखरमा छन् । हुर्किसकेका छन् । लसएन्जल्समा एउटा सानो घर छ । दिनचर्या चलिरहेको छ ।  

धैर्य गर्न सकियो, अवसरहरुलाई ग्राप गर्न सकियो, अलिकति मेहनत गर्न सकियो र अलिकति पेसेज राखियो भने विदेशमा सजिलै छ ।  

नेपालमा बस्दा भोलि के हुने हो ? आर्थिक अवस्था कस्तो हुने हो ? केटाकेटीलाई पढाउन सकिने थियो या थिएन ? आदि इत्यादी कुराहरुले पिरोल्ने गर्थ्यो । आर्थिक पाटोको हिसावले हेर्ने हो भने र पारिवारिक सुविधाको हिसावले हेर्ने हो भने विदेश मलाई राम्रै लागेको छ । ठिकै लागेको छ । त्यो पाटोमा हामी सुरक्षित नै छौं । 

मिस हुन्छ नेपालको चाडपर्वहरु । साथीभाइ, इष्टमित्र, आफन्तहरु त्यो मिस हुन्छ । जीवन न हो । ग्लोबललाईजेशनको यो दुनियाँमा जहाँ पुगेपनि राष्ट्र प्रेम त रहिरहन्छ । राष्ट्रलाई सहयोग गरिराखिएकै छ ।  

मेरो सल्लाह चै के छ भने यदि मिल्छ र हुन्छ भने विदेशमा आएर बसेर आफूलाई अझै बढी सरल र सहज तरिकाले व्यवस्थापन गर्न सकिन्छ भने गर्नुस् । धन्यवाद । 

प्रकाशित: २५ जेष्ठ २०८१ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App