coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

कुवेतमा नेपाली कला संस्कृति प्रदर्शन

काठमाडौं –  कुवेतमा नेपाली कला र संस्कृतिको प्रदर्शन गरिएको छ। कुवेत स्थित नेपाली राजदूतावासमा आयोजना गरिएको ‘एसियन बजार २०१८’ मा नेपाली कला र संस्कृतीको प्रदर्शन गरिएको हो। आइतबार कुवेतको व्यापारिक संस्था सिइइ नेटर्वक र विभिन्न एसियाली मुलुकका राजदूतावास तथा महावाणिज्य दूतावासहरूद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा एसियाका कुटनीतिक नियोग तथा कुवेतका व्यापारिक संघसस्थाहरूको सहभागिता रहेको थियो।

 ‘ठूलो संख्यामा कुवेती नागरिक तथा अन्य विदेशीहरूले अवलोकन गरेको बजारमा नेपाली संस्कृति झल्किने विभिन्न वस्तुहरूको प्रदर्शन गरिएको थियो। आफ्नो छुट्टै स्टल राखेको नेपालले पस्मिना सल, चिया, काष्ठकला तथा हस्थकलाका सामग्रीहरू, कागजजन्य वस्तुहरू, आभूषणजस्ता प्रमुख निर्यातका सामग्रीहरू राखिएको थियो’, राजदूतावासले विज्ञपप्ति जारी गर्दै भनेको छ।

प्रदर्शनिमा नेपालको पर्यटनबारे जानकारी दिनुका साथै नेपाली लोकसंस्कृति झल्किने पञ्चेबाजा सहित लोकनृत्य देखाएर नेपाली संस्कृतिको प्रचारप्रसार गरिएको थियो। बजारको अवलोकनमा आएका व्यक्तिहरुले नेपाली खाना तथा संस्कृति मन पराएको र नेपाल भ्रमणबारे पनि चासो राखेको विज्ञप्तीमा बताइएको छ।

प्रकाशित: १७ माघ २०७४ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App