१६ चैत्र २०८० शुक्रबार
प्रवास

एनआरएन निर्वाचन : अमेरिका क्षेत्रीय संयोजकमा एसी शेर्पाको उम्मेदवारी

अमेरिका क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका एसी शेर्पा।

काठमाडौं—गैरआवासिय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन नजिँकिदै गर्दा अमेरिका क्षेत्रबाट संघको विभिन्न पदमा उम्मेदवारहरुले उम्मेदवारी घोषणा भएका छन्। अमेरिकाज् क्षेत्रको क्षेत्रिय संयोजक पदका लागि वर्तमान क्षेत्रीय उपसंयोजक एसी शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

सियाटल निवासी शेर्पा गत वर्ष अवैतनिक वाणिज्यदुत नियूक्त भएका हुन्। एनआरएनको स्थापनासँगै शेर्पाले एनआरए भवन, लाप्राक प्रोजेक्ट, भुकम्पपीडित र बाढीपीडितका लागि समेत काम गरेका कारण उनलाई बलियो प्रत्यासीको रुपमा हेरिएको छ।

सियाटल निवासी शेर्पा गत वर्ष अवैतनिक वाणिज्यदुत नियूक्त भएका हुन्। एनआरएनको स्थापनासँगै शेर्पाले एनआरए भवन, लाप्राक प्रोजेक्ट, भुकम्पपीडित र बाढीपीडितका लागि समेत काम गरेका कारण उनलाई बलियो प्रत्यासीको रुपमा हेरिएको छ।

सगरमाथाको चुचुरोमा एनआरएनएको झण्डा लिएर आरोहण गर्ने शेर्पाले विश्वका ७ उच्च शिखरको सफल आरोहण गरेका छन्। हाल सोही बिषयमा ७५ देशका लागि प्रशिक्षक समेत रहेका शेर्पाले नेपालमा पनि एकल र सामुहिक रुपमा विविध क्षेत्रमा लगानी गरेका छन्। क्षेत्रीय संयोजकका रुपमा उम्मेदवार हुँदै शेर्पाले एनआरएन प्रोजेक्ट, भवन निर्माण सम्पन्न गर्न, अमेरिका तथा क्यानडाको च्याप्टरहरुको व्यवस्थापनका लागि विशेष योजनालगायत विभिन्न सात बुदे कार्ययोजना प्रस्ताव अघि सारेका छन्।

यसैगरी क्षेत्रीय संयोजकमा न्यूयोर्क निवासी श्री पराजुलीले पनि उम्मेदवारी घोषणा गरेका छन्। पराजुली अघिल्लो एनसिसि अमेरिकामा उम्मेदवार रहेका थिए।

त्यसैगरी अमेरिका क्षेत्रका लागि महिला उपसंयोजकमा संगीता लम्साल सिवाकोटीले उम्मेदवारी घोषणा गरेकी छन्। अमेरिका क्षेत्रबाट एक क्षेत्रिय संयोजक, दुई उपसंयोजक र एक महिला उपसंयोजक रहने  व्यवस्था रहेको छ। अमेरिका क्षेत्रमा अमेरिकाबाट दुई सय भन्दा बढी र क्यानडाबाट एक सय भन्दा बढी केन्द्रिय प्रतिनिधिले भाग लिनेछन्। यो केन्द्रिय निार्वचनमा अमेरिका क्षेत्रको मत निर्णायक हुने विश्वास गरिएको छ।

प्रकाशित: २२ आश्विन २०७४ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App