२३ श्रावण २०७७ शुक्रबार
प्रवास

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयको चर्को विरोध

न्युयोर्क- जलवायु परिवर्तन सम्बन्धमा गरिएको अन्तर्राष्ट्रिय सम्झौताबाट बाहिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको छ। सन् २०१५ मा जलवायु सम्बन्धी नीतिका अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका थिए ।  

ओबामा सरकारले हस्ताक्षर गरेको जलवायु नीतिबाट  ट्रम्प सरकारले बाहिरिने  निर्णय गरेको छ । ट्रम्प सरकारको निर्णयले अन्तर्राष्ट्रिय  संस्थाहरुले चर्को विरोध गरेका छन् । संयmुत्त राष्ट्रसंघ तथा य’रोपेली युनियनले ट्रम्प सरकारको निर्णयलाई अनैतिक निर्णय भन्दै आलोचना गरेको छ । 

फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्मानुयल मार्काेले पनि ट्रम्पको निर्णयको विरोध गरे । पश्चिममा राष्ट्रहरु जर्मनी, फ्रान्स, इटलीलगायतले संयुक्तरुपमा एक विज्ञप्ती जारी गरी ट्रम्पको यस निर्णयको आलोचना गरेका छन् । 
उनीहरुले पेरिस सम्झौताले पृथ्वीको समृद्वि तथा भावी पुस्ताको भविष्यको समेत संरक्षणका लागि विशेष महत्व दिने र यो अमेरिकी जनताको पक्षमा नभएको विज्ञप्तीमा उल्लेख गरेका छन् । 

अमेरिकाका विभिन्न संघसंस्थाहरुले समेत पेरिस सम्झौताको समर्थन गर्दै ट्रम्प सरकारको यस निर्णयको  आलोचना गरेका छन् ।  तीव्र आद्यौगिक विकासका कारण पृथ्वीको बहन क्षमता पर्न जाने असरहरुलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ २०१५ मा ओबामा सरकारले पेरिस सम्झौतालाई  आत्मसात् गरेको थियो । ट्रम्प सरकारको यस निर्णयले अमेरिकाको मात्रै नभई विश्वकै मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने  भएकाले संयुक्त राष्ट्रसंघले यसलाई विश्व समुदायप्रतिको अनैतिक  आक्रमणको  भनेको छ ।  

भावी सन्ततिका लागि पृथ्वीको बहन क्षमतालाई जोगाउनका लागि ओबामा सरकारले लिएको यस नीतिविरुद्व निर्णय गर्ने अधिकार ट्रम्प सरकारको नरहेको कतिपय सरोकारवाला संघसंस्थाको छ ।

  

प्रकाशित: १९ जेष्ठ २०७४ १५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App