१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

एनआरएनए जापानमा निउरेको दाबी

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष नबिन निउरेले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

निउरेले आइतबार जापानको राजधानी टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

सन् २००५ मा जापान प्रवेश गरेका निउरे सन् २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन्। सन् २०११ मा कान्तोउ क्षेत्रको सदस्य हुँदै अहिले एनआरएनए जापानको बरिष्ठ उपाध्यक्ष रहेका निउरेले 'पारदर्शिता, रुपान्तरण, प्रबिधिमैत्री एनआरए जापान,नेपाली समुदायको आफ्नो साथी बनाउने अभियान' भन्ने नाराका साथ अध्यक्ष पदका लागि उमेद्वारी दिने घोषणा गरेका हुन्।

निउरेले ८ बुंदे घोषणापत्र जारी गर्दै जापानमा रहेका नेपालीहरुले भोगेका समस्या समाधानका लागि जापान सरकारसंग आवश्यक पहल कदमी लिने लगायतका महत्वकांक्षी योजनाहरु सार्वजनिक गरेका छन्।

'हामी जापानमा रहेका नेपालीहरुका समस्या समाधानका लागि जापानको सरकार संग समन्यवय गरेर अगाढी बढ्ने नीति लिने छौ' टोकियोमा आयोजित पत्रकार सम्मलेनमा निउरेले भने, 'त्यसका साथै शिव मन्दिर सहित प्रविधियुक्त बहुद्देश्यीय नेपाली हाउसको स्थापना गर्नेछौं।'

अहिलेको कार्यसमितिले सुरु गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिने पनि निउरेले जानकारी दिए। 'अहिलेको कार्यकालमा जापानका विभिन्न कम्पनीसंग गरेका सम्झौतालाई पनि निरन्तरता दिनेछौं'  निउरेद्वारा जारी गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ।

'एनआरएनए जापानमा एक जना स्थाई कर्मचारी नियुक्त गरि जापानबासी नेपालीका समस्या समाधानमा समेत पहलकदमी लिइने छ' उनले भने।

एनआरएनए जापानलाइ स्मार्ट एनआरएनए बनाउनका लागि यस संग सम्बन्धित कार्यलाई ब्यबस्थित गर्ने, एनआरएनए जापानले प्रदान गर्ने सेवाका सम्पूर्णलाइ जानकारी दिने र आइसीसीको निर्वाचनका प्रतिनिधि छनोटलाइ पारदर्शी र थप बैज्ञानिक बनाइने घोषणापत्रमा उल्लेख गरिएको छ।

एनआरएनए जापानको ११ औं महाधिवेशन जुलाई २९ तारिखमा हुँदै छ।  

को हुन् निउरे ?

बाग्लुंगको गल्कोटमा जन्मिएका निउरे सन् २००५ देखी जापानमा बसोबास गर्दै आइरहेका छन्। सन् २०१२ देखी एनआरएनए अभियानमा जोडीएका उनलाई थोरै बोल्ने अनि धेरै काम गर्ने एनआरएनए अभियन्ताका रूपमा चिनीन्छ।

सरल र मिजासिला स्वभावका निउरे जापानका नेपाली युवाहरुमाझ अत्यन्तै लोकप्रिय छन्। जापानबासी नेपालीलाई मर्दा पर्दा सँधै अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएका उनी व्यवसायमा समेत त्यत्तिकै सफल युवा मानिन्छन्।

रेमिट्यान्स,रेस्टूरेण्ट व्ययसायका साथै कन्सलटिंग कम्पनी सञ्चालन गरिरहेका उनले ५० भन्दा बढी नेपाली तथा जापानीलाई प्रत्यक्ष रोजगारी दिएका छन्। नेपालमा समेत शैक्षिक एवम् बैंकिंग क्षेत्रमा लगानी गरेका उनी जापानको नेपाली समुदायको उदयमान युवा व्ययसायी हुन्।

प्रकाशित: २५ असार २०८० ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App