२३ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

भूपू गोर्खाहरुको पेन्सन बारे बेलायतसंग छलफल जारी

भूपू गोर्खाहरुको पेन्सनबारे छलफल गर्न बेलायत सरकार राजी भएको छ।

नेपाली दूतावास लण्डनमा बिहिबार भएको त्रिपक्षीय बैठकमा भूपू गोर्खाहरुकाे पेन्सन तथा कल्याणकारी विषयहरुमा विस्तृत छलफल भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र बेलायतका रक्षा मन्त्रालयका पदाधिकारीहरु तथा भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा बेलायतको रक्षा मन्त्रालयमा प्राविधिक स्तरको बैठकमा सो विषयमा छलफल भएको हो।

नेपाली राजदूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता रोशन खनालका अनुसार वार्तामा उठेका विषयहरुमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयले आन्तरिक छलफल गरी पुनः अर्को बैठक बस्ने  सहमति भएको छ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उपनियोग प्रमुख  रोशन खनाल, सैनिक सहचारी सहायक रथी   रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अप्रा) जुदबहादुर गुरुङ्ग,   धर्मबहादुर तामाङ,  ज्ञानराज राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ।

प्रकाशित: १ असार २०८० ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App