coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

बेलायती राजा चार्ल्सलाई नेपालका भूकम्प पिडित र गोर्खाबारे चासो

बेलायतका ४० औं राजा चार्ल्स तृतीयले नेपालका भूकम्प पीडित, पुर्न-निमार्ण र गोर्खा सैनिकहरूको बारेमा चासो देखाएका छन्।

शुभ राज्यभिषेकमा बेलायती राजा चाल्र्सले गोर्खा र आफ्नो सम्बन्धका बारेमा स्मरण गरेको पर-राष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले बताएका छन्।

मन्त्री साउदले शनिवार प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्सलाई भेटेका हुन्। मन्त्री साउदले सो भेटबारेमा नागरिक न्यूजलाई संक्षिप्त जानकारी दिँदै भने, 'यो ऐतिहासिक अवसरमा राजा चार्ल्ससँग पनि भेट गरें, उहाँले आफ्नो विगत स्मरण गर्नुभयो। भूकम्प पीडितकोसमस्या समधानमा गरेको योगदान र गोर्खासँग आफ्नो सम्बन्धको बारेमा स्मरण गर्नुभयो।'

मन्त्री साउदले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग पनि भेट गरेका थिए। उनले बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन्। 'निकट भविष्यमा नेपाल भ्रमण गर्नु भयो भने त्यो ऐतिहासिक हुनेछु मन्त्री साउदले भने, 'राजा रानी र युवराजले नेपाल भ्रमण विगतमा गरिसकेका छन्। दुई देशको सम्बन्ध गहिरो र नजिकको छ। अहिलेसम्म प्रधानमन्त्रीको भ्रमण हुन सकेको छैन। सम्माननीय प्रधानमन्त्रीलाई नेपालमा स्वागत गर्न पाइयो भने ऐतिहासिक हुनेछ भनेर मैले प्रधानमन्त्रीलाई स्मरण गराए।'

बेलायतका राजा चाल्र्सको शुभ राज्यभिषेक ऐतिहासिक उत्सव हो। विश्वका धेरै राष्ट्रप्रमुख, सरकार प्रमुख विदेश मन्त्री र कूटनीतिक नियोगका प्रमुखहरू समेतको सहभागी थियो। यस अवसरमा विभिन्न ठाउँमा दुई पक्षीय, बहुपक्षीय छलफल समेत भएको थियो। एक अर्काका लागि भेटघाटकालागि पनि यो महत्त्वपूर्ण अवसर भएको मन्त्री साउदले बताए।

उनले भने,'छोटो अवधिमा सबै देशले आफ्नो सरोकारसँग आधारित अन्तरक्रिया र संवाद गरे। नेपालको तर्फबाट मैले सहभागी हुने अवसर पाए। मैले सम्भव भए सम्म सबै देशका प्रतिनिधिसँग भेटघाट र चर्चा गरे। यसले देशका लागि सकारात्मक परिणाम ल्याउनेछ। ऐतिहासिक समारोहमा बेलायती जनताको जुन उत्साह र समर्पण देखियो, त्यो प्रशंसनीय थियो।'

मन्त्री साउद गैर आवासीय नेपाली संघको प्रागमा सम्पन्न १५ औं युरोपेली सम्मेलन सकेर सोमबार लण्डन फर्किएका छन्। उनी मंगलवार नेपाल फर्किने बताइएको छ।

प्रकाशित: २५ वैशाख २०८० ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App