१६ चैत्र २०८० शुक्रबार
प्रवास

नेपाली युवाले जापानमा जिते १० लाख

टोकियो—नेपाली युवा शरद राईले जापानमा भएको एउटा वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका छन्। फाइनल चरणमा एक नेपाली तथा एक जापानीलाई पछि पार्दै शरदले उपाधीसँगै ११ लाख १० हजार जापानी येन (करिब १० लाख ६४ हजार रुपैयाँ) हात पारेका हुन्।

फाइनल चरणमा एक नेपाली तथा एक जापानीलाई पछि पार्दै शरदले उपाधीसँगै ११ लाख १० हजार जापानी येन (करिब १० लाख ६४ हजार रुपैयाँ) हात पारेका हुन्।

प्रतियोगितामा अर्का नेपाली विष्णु भण्डारीले दोश्रो स्थान सुरक्षित गरे। उनले पुरस्कार स्वरूप पुस्तक प्रकाशन गर्न पाउने भएका छन्।

जापानी भाषामा भएको प्रतिस्पर्धाका विजयी राई खोटाङका हुन् भने भण्डारी पोखराका स्थायी बासिन्दा हुन्। अनलाइन भोटका आधारमा हजार जना भन्दा वढी सहभागी प्रतिस्पर्धामा राई, भण्डारी र अर्की एक जापानी युवती फाइनलमा पुगेका थिए।

शनिवार आयोजना गरिएको उपाधी विजेताका लागि भएको प्रतिस्पर्धामा राईले उत्कृष्ट भाषण प्रस्तुत गर्दै सहभागीहरू मध्ये धेरैको मत समेत प्राप्त गरेका थिए। जितेको रकम युमी नेपाल नामक समाजिक संस्थामार्फत् आफू जन्मिएको जिल्ला खोटाङमा स्कूलको बस किन्न प्रयोग गर्ने उनले बताए।

प्रकाशित: १९ मंसिर २०७३ ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App