६ वैशाख २०८१ बिहीबार
प्रवास

दिल्लीका उपमुख्यमन्त्री सिसोदिया पक्राउ

भारतको केन्द्रिय जाँच एजेन्सी (सिबिआई)ले भ्रष्टाचारका आरोपमा दिल्ली राज्यका उपमुख्यमन्त्री मनीष सिसोदियालाई आइतबार पक्राउ गरेको छ। पक्राउ विरुद्ध उत्रिएका आम आदमी पार्टीका समर्थकहरूलाई सोमबार गिरफ्तार गरिएकोछ।

सिबिआईले उपमुख्यमन्त्री मनीष सिसोदियालाई ८ घण्टासम्म बयान लिएपछि आइतबार गिरफ्तार गरेको हो। दिल्लीको मदिरा नीतिमा भ्रटाचार गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको सिबिआइले  

जनाएको छ।

सन २०२१ र २०२२का लागि दिल्लीमा लागु भएको मदिरा सम्बन्धी एक्साइज नीति तय गर्दा तथा कार्यान्वयन गर्दा भएको भ्रष्टाचारमा सिसोदियाका संलग्नता रहेको सिबिआईको आरोप छ। सन २०२२को जुलाईमा दिल्लीका उपराज्यपाल विनय सक्सेनाले सो नीतिले दिल्लीमा रक्सी बेच्दा लिनुपर्ने लाइसेन्स शुल्क मिनाहा गरेको भन्दै सलग्नहरूमाथि अनुसन्धान गर्न आदेश दिएका थिए। लामो अनुसन्धानपछि सिसोदियालाई गिरफ्तार गरिएको हो। उपमुख्यमन्त्री सिसोदियामाथि प्रमाण नष्ट गरेको आरोपसमेत लागेको छ।

उता, दिल्लीका मुख्यमन्त्री केजरीवालले सिसोदिया निर्दोष रहेको बताएका छन। आफनो सामाजिक सञ्जाल टीटरमा केजरीवालले सिसोदियालाई पक्रिनु फोहोरी राजनीति भएको उल्लेख गरेका छन्। सिसोदियाको गिरफ्तारीविरूद्ध आम आदमी पार्टी (आप)ले सोमबार देशव्यापी रूपमा प्रदर्शन गरेको छ र कतिपय प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको छ। शनिबारसम्म सिसोदियालाई प्रहरी हिरासतमा राखिनेछ।

भारतीय समाचार माध्यमले सिसोदियाको गिरफ्तारीले आम आदमी पार्टीलाई आगामी दिनमा कस्तो प्रभाव पार्ला भन्ने ठूलो प्रश्न उठेकोे जनाएका छन्। भारतीय अंग्रेजी दैनिक इंडियन एक्सप्रेसले सिसोदियाको अनुपस्थितिले केजरीवाललाई समस्या उत्पन्न हुने बताएको छ। केजरीवालको मुख्य उत्तराधिकारीको रूपमा सिसोदियालाई लिने गरिएको थियो। दिल्लीमा आम आदमी पार्टीको सरकार गठन हुनुअघिको अन्ना आन्दोलन र परिवर्तना नामक गैरसरकारी संस्थामा केजरीवाल र सिसोदिया साथसाथ काम गर्दै आएका थिए।  

आम आदमी पार्टीलाई राष्ट्रिय रूपमा विस्तार गर्ने तयारी भइरहेको बेला यो गिरफ्तारी भएकोछ। यो गिरफ्तारीले दिल्ली सरकारको प्रशासनिक क्षमता मात्र प्रभावित हुने नभई पार्टीको मनोबलसमेत प्रभावित हुनसक्ने मानिएको छ।

प्रकाशित: १६ फाल्गुन २०७९ ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App