१६ चैत्र २०८० शुक्रबार
प्रवास

टोरोन्टोमा एनआरएन दिवस मनाइयो

गोकर्ण लामिछाने

(टोरोन्टो) क्यानाडा— एनआरएन क्यानाडाले आफ्नो स्थापना दिवसको अवसर पारेर 'एनआरएन डे' मनाएको छ। क्यानाडाको टोरोन्टोस्थित मिसिसागामा प्रवासी नेपाली भेला भएर एनआरएन डे मनाएका हुन्। पछील्लो समय संसारभर छरिदै गइरहेको  प्रवासी नेपालीहरुको अधिकारिक संघठन 'एनआरएन' को उद्देश्यलाई सार्थक बनाउन नेपालीहरुलाई गोलबन्द गराउँदै नेपाल र नेपालीको हितमा आफूहरु लागि पर्न तयार भएर यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक एनआरएन क्यानाडाले बतायो। कार्यक्रम क्यानाडाको विभिन्न क्ष्रेत्रिय शहरहरुमा पनि एकै दिन एकै साथ गरिएको छ।

नेपाल र क्यानाडा राष्ट्रिय धुन बजाए लगत्तै एनआरएन क्यानाडा महिला विभागकी संयोजक प्रमिला बस्नेतको स्वागत मन्तब्य सँगै सुरु भएको औपचारिक कार्यक्रममा  क्यानाडामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले  एनआरएनको महत्व र आवश्यकताको बिषयमा आफ्ना धारणा राखेका थिए। उनीहरुले नजिकिदै गरेको पर्व दिपावली र छठको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी क्यानाडाका लागि नेपाली राजादुत कालीप्रसाद पोखरेलले नेपाललाई समुन्नत बनाउन प्रवासमा रहेका नेपालीहरु एकजुट हुँदै स्वदेशमा लगानी गर्न जोड दिनुपर्ने उल्लेख गरे। 'बिदेशमा बनेका व्यवसायिक, कुटनितिक  सम्बन्धहरुलाई आफ्नो राष्ट्रको हितमा प्रयोग गर्दै मुलुकलाई टेवा पुर्‍याउन सबैले हातेमालो गरौं', उनले भने। कार्यक्रममा राजदुत पोखरेल र एनआरएन क्यानाडाका पुर्व अध्यक्ष नवराज गुरुङले संयुक्त रुपमा एनआरएन क्यानाडाको नयाँ ब्यानर सार्वजनिक गरेका थिए।

एनआरएन क्यानाडाका बोर्ड सदस्य तुला भट्ट्चनको पहलमा बनाइेएको ब्यानारमा एनआरएनका पूर्व अध्यक्षहरु तस्विर राखिएको छ। आग्रजहरुको सम्मानमा यस्तो ब्यानर तयार पारीएको कार्यक्रम संयोजक एबम् एनआरएन क्यानाडाका बोर्ड सदस्य तुला भट्टचनले बताए।

बोर्ड सदस्य माधव गजुरेलले संचालन गरेको कार्यक्रममा रोशन केसी,अनुपमा बराल र आस्था अधिकारीले कलात्मक नाच प्रस्तुत गरी हलको ध्यान खिच्न सफल बनेका थिए।

एनआरएन क्यानाडा, क्यानाडामा रहेका सम्पूर्ण नेपालीहरुको अभिभाबकका रुपमा दुख-सुखमा साथ दिन तयार रहेको प्रतिबद्दता ब्यक्त गर्दै एनआरएन क्यानाडा अध्यक्ष तुल्सी सापकोटाले कार्यक्रमको बिट मारेका थिए।

प्रकाशित: ८ कार्तिक २०७३ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App