coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

फुटबल विकासको लागि स्पोन्सरसिप सम्झौता

नेपालको फुटबल विकासको लागि जापानका सफल नेपाली व्यवसायी विनोद शेरचनले व्यक्तिगत पहल र अग्रसरतामा सहयोगको थालनी गरेका छन्।

नेपालमा फुटबल एकेडेमी संचालन गरेर किशोर खेलाडी उत्पादनमा सहयोग गर्ने लक्ष्य सहित एचएसबी जापान कम्पनी र बिजी फुटबल एकेडेमीबिच स्पोन्सर सम्झौता सम्पन्न भएको छ। मङ्गलवार राजधानी टोकियोको एसियन बार याताईमुरामा एक कार्यक्रमका बिच एचएसबी र एकेडेमीबिच स्पोन्सर सम्झौता भएको हो।

नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा जापानमा समेत फुटबल प्रशिक्षकको रूपमा कार्यरत वसन्त गौचनले नेपालको पोखरामा सञ्चालनमा ल्याएको बिजी फुटबल एकेडेमीलाई सुरुमा ३ वर्षको लागि सहयोग एसएसपी जापानले उपलब्ध गराउने छ। एकेडेमीमा फुटबल सिक्ने २ जना गरिब तथा जेहान्दार विद्यार्थीलाई सम्पूर्ण खर्च एसएसपी जापानले व्यहोर्ने गरी सम्झौता भएको कम्पनीका अध्यक्ष विनोद शेरचनले बताए।

कार्यक्रममा एकेडेमीको बारेमा जानकारी गराउँदै बिजी फुटबल एकेडेमीका अध्यक्ष वसन्त गौचनले जापानवासी नेपाली अग्रजहरूको साथ सहयोगले नेपालमा साना साना नानीबाबुहरूको फुटबल खेलमा रुचि र भोलिको सक्षम खेलाडी उत्पादनमा ठुलो राहत मिल्न थालेको बताउँदै व्यावसायिक रूपमै फुटबललाई अगाडी बढाउन सकिने बताए।

सम्झौता कार्यक्रममा स्पोन्सरको सम्पूर्ण खर्च खुलाउन नसकिएपछि तत्कालको लागि अनुमानित वार्षिक ९ लाख बढी हुने एचएसबी जापानका अध्यक्ष विनोद शेरचनले जानकारी दिए।

प्रकाशित: ७ पुस २०७९ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App