मतगणनामा मत सदर बदरका बारे विवाद हुँदा सिडियोले कर्मचारीलाई बढी बोल्ने होइन भन्दै धम्क्याएर अभद्र व्यवहार गरेको बताइएको छ। त्यसलगत्तै माओवादी पक्षले गणक कर्मचारीलाई निकाल्न दबाब दिएका थिए। तर एमालेले काम गर्ने वातावरण नदिएर आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर कर्मचारीको मनोबल गिराउने काम गरेको जनाएको छ।
स्थानीय तह चुनावमार्फत आफ्नो आधार क्षेत्र भोटेकोसी गाउँपालिकामा जित निकालेर नेपाली कांग्रेसले गुमेको साख फर्काएको छ। यहाँको गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जितेको छ।