बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताए।
नगरप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका शमशेर लामाले नेकपा एमालेका गोविन्दप्रसाद कँडेललाई ४७३ मतले पराजित गरेका हुन्। लामाले १२ हजार ५२४ मत प्राप्त गर्दा कँडेलले १२ हजार ५१ मत प्राप्त गरे।
रौतहटको मौलापुर नगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित नगर प्रमुख रिनाकुमारी साहले मौलापुर नगरपालिका ९ सोनरनियामा दलित बस्ती निर्माण गर्ने पहिलो निर्णय गरेकी हुन्।
मधेस आन्दोलनका चर्चित अनुहार राजेन्द्र महतोको गाउँमा लोसपाको नराम्रो पराजय भएको छ। राजेन्द्र महतोको वडा र पालिकाका नेपाली काँग्रेसले जित हासिल गरेको छ।