शिविरमा तिलगंगा आँखा प्रतिष्ठानबाट डा रचना सिंह रानाको टोली खटिएको थियो भने बागमती नगरपालिकाले बिरामीको खाने बस्ने व्यवस्था गरेको नगरका शिविर प्रतिनिधि सन्तबहादुर विश्वकर्माले बताए।
घुम्ती शिविरमार्फत ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नाका साथै ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा वितरण र निःशुल्क स्वास्थ्य परीक्षणसमेत भइरहेको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिए।
यसैगरी मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ २३३, रक्त समूह परीक्षण १८६, बालबालिकाको नाक, कान, घाँटी तथा मुटु परीक्षण २३२ जनाले, छाती परीक्षण २७१ जनाले, सामान्य स्वास्थ्य परीक्षण ३८१ र प्रसूति तथा स्त्री रोग तथा प्रजनन स्वास्थ्यतर्फ ११० जनाले सेवा लिएका थिए।