नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनःस्थापना नै कांग्रेसको बटमर्लाइन भएको बताएका छन् । गुराँस पुस्तकालयले आइतबार विराटनगरमा अयोजना गरेको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा नेता पौडेलले संसद पुनःस्थापना नै कांग्रेसको बटमलाइन भएको बताएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मध्यावधि निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । प्रधानमन्त्री ओलीको संसद् विघटनको निर्णय सही भएको दाबी गर्दै उनले तोकिएको समयमै निर्वाचन हुने र ओली नेतृत्वको नेकपा सूर्य चिन्ह लिएर निर्वाचनमा जाने दाबी गरे ।