रौतहटको मौलापुर नगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित नगर प्रमुख रिनाकुमारी साहले मौलापुर नगरपालिका ९ सोनरनियामा दलित बस्ती निर्माण गर्ने पहिलो निर्णय गरेकी हुन्।
मधेस आन्दोलनका चर्चित अनुहार राजेन्द्र महतोको गाउँमा लोसपाको नराम्रो पराजय भएको छ। राजेन्द्र महतोको वडा र पालिकाका नेपाली काँग्रेसले जित हासिल गरेको छ।
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्।