प्रजिअ तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष जर्नादन गौतमका अनुसार निर्वाचनलाई लक्षित गरी २ हजार ९९३ निर्वाचन प्रहरी र नेपाल प्रहरी तथा एक हजार सशस्त्र प्रहरी परिचालन गरिने बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारी दिएका ७२ जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको हाता भित्र कृष्णनगर भन्सार र सशस्त्र प्रहरीको छापा हानेर १ सय ८१ बोरा युरिया मल बरामद गरेको थियो ।