नागरिक दैनिक चितवनका संवाददाता वसन्त ढुंगाना आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उद्योग वाणिज्य संघ चितवनले आफ्नो ५९ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर ढुंगानालाई पुरस्कार प्रदान गरेको हो ।
सन् २०२४ को तुलनामा कम्तिमा १० प्रतिशत बढी पर्यटक भित्र्याउने सन् २०२५ को लक्ष्य अपुरै रहेको छ। पर्यटन बोर्डले सन् २०२५ मा जम्मा ११ लाख ५८ हजार ४ सय ५९ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको बताएको छ। यो आगमन संख्या अघिल्लो वर्ष ११ लाख ४७ हजार ५ सय ४८ रहेको थियो।